ऐश्वर्या कुवँर महेन्द्रनगर । शाररिक अपाङ्गगता खेलकुद प्रर्वदन समाज कञ्चनपुरले शाररिक अपाङ्गगता भएका व्याक्तिहरुका लागि २ दिने प्रथम शुदुरपश्चिम प्रदेश स्तरीय पुरुष व्हीलच्यर बास्केटबल प्रतियोगिताको आयोजना गरेको छ ।

अपाङ्गगता खेलकुद प्रर्वदन समाज कञ्चनपुरले (अपाङ्गगता भएका व्याक्तिहका लागि लागि उद्धार र प्राप्ति गर्ने कार्यमा दिगो विकाशका लक्ष अनुरुपको एक्वद्धता ) भन्ने मुलनाराका साथ ३२ औ अन्तराष्ट्रिय अपाङ्गगता दिवसको अवसर पारेर शदुरुपश्चिम प्रदेश भित्रका खेलाडिहरुको लागि २ दिने २ दिने प्रथम शुदुरपश्चिम प्रदेश स्तरीय पुरुष व्हीलच्यर बास्केटबल प्रतियोगिताको आयोजना गरेको हो ।

भीमदत्त नगरपालिका लगाएत विभिन्न सहयोगि संस्था समाज कल्याणसंघ एनएनएस डब्लु ए,भीमदत्त नगरपालिकाका १९ वटै वडा,दोधारा चाँदनी नगरपालिका लगाएतको सहयोगमा २ दिने व्हीलच्यर बास्केटबल प्रतियोगिताको आयोजना गरिएको शाररिक अपाङ्गगता खेलकुद प्रर्वदन समाज कञ्चनपुरका अध्यक्ष योगेन्द्र बहादुर खड्काले बताए । अध्यक्ष खड्काले शुदुरपश्चिम प्रदेश भित्रका शाररिक अपाङ्गगता भएका व्याक्तिहरुका लागि २ दिने व्हील चैर बास्केटबल प्रतियोगिताको आयोजना गरेको खड्काको भनाई रहेको छ ।

शुदुरपश्चिम राष्ट्रिय परीषदका सदस्य जिवन भट्टले राष्ट्रिय खेलकुद परिषदले नेपालमा खेलिने ३६ वटा खेलमा अपाङ्गगता भएका व्याक्तिहरुको सहभागिका लागि सीट सुरक्षीत राख्नु पर्ने माग राखेका छन् । त्यसै गरी व्हील चैर बास्केटबल प्रतियोगिताका सहभागिहरुले शाररिक रुपमा अपाङ्गग भएका व्याक्तिहरुलाई नेपाल सरकारले प्रदेश स्तरिय समितिमा पनि अपाङ्गगता भएका व्याक्तिहरुको प्रतिनिधित्व गतिलाई सुनिश्चित गरेर अहिले खेलकुद प्रवर्दन गर्नेका लागि विभिन्न तरिकाले सहयोग गरेकोमा खुसी व्याक्त गरेका छन् ।
खेलले समपुर्ण अपाङ्गगता भएका व्याक्तिहरुलाई अपाङ्ग भएर पनि हामि जोसजागरका साथ खेल्न र बाच्न सक्छौ भन्ने हिम्मत जगाएको सहभागिहरु जगाएको भनाई रहेको थियो ।