महेन्द्रनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ सुडामा सोमबार मोटरसाईकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–९ का ४८ वर्षिय तारासिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार म२प ७४५६ नम्बरको मोटरसाईकल र सूप प्र ०२००४१ प २७०० नम्बरको स्कुटर एक आपसमा ठोकिएका हुन् । कार्की स्कुटरमा सवार थिए ।