बैतडी । लक्ष्मीपूजाका दिन बालिएको मैनबत्तीबाट सल्किएको आगोले बैतडीको पुर्चौडी नगरपालिका–१ डाडाँकोटमा एउटा घर जलेर नष्ट भएको छ ।प्रहरीका अनुसार स्थानीय जयानन्द जोशीको घरमा आइतबार राती साढे ९ बजेको समयमा मैनबत्तीबाट सल्किएको आगोले विद्युतको तार जलाउँदा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी खेमविक्रम केसीका अनुसार घरमा रहेका २ वटा ग्यास सिलिन्डर पड्किएपछि थप क्षति पुगेको छ ।जोशीको घर पूर्णरुपमा जलेको र सबै सरसमान जलेर नष्ट भएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।उक्त घरमा डेरा गरी बस्ने कर्मचारीको उउटा ल्यापटप समेत आगलागीमा परेर नष्ट भएको छ ।आगलागीबाट २ तोला सुन र ५० तोला चाँदीसहित करिब ३० लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको प्रहरीको भनाई छ ।



