सुदूरपश्चिममा लगानी सम्मेलन गर्न सम्झौता

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिममा लगानी सम्मेलन गर्न सम्झौता भएको छ। यसका लागि प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रबर्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो।

शनिबार महासंघको कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका गरेका छन्। समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिम प्रदेशमा लगानी प्रबर्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पु¥याउन सहकार्य गर्ने उल्लेख छ।

प्रदेश सरकार र महासंघको संयुक्त आयोजनामा आगामी २०८० फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले महासंघसँगको सहकार्यमा निर्धारित लगानी तथा विकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। उनले सम्मेलनका अवसरमा सुदूरपश्चिममा लगानीको आउनेमा विश्वास व्यक्त गरेका हुन्।

 

ताजा समाचार

सम्बन्धित समाचार