बाबाथान प्रहरी चौकीद्वारा अवैध पेय पदार्थ ‘ड्यु’ नष्ट

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिकाको बाबाथान प्रहरी चौकीमा अबैध पेय पदार्थ नष्ट गरिएको छ । सिमावर्ती भारतिय बजारबाट ल्याउदै गरेको अबैध पेय पदार्थ दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजमा बरामद पछि बाबाथान प्रहरी चौकीमा नष्ट गरिएको हो ।

आज बिहान दोधारा चाँदनी नगरपालिका– ७ स्थित रहेको बाबाथान प्रहरी चौकी र सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कञ्चनभोजको सशस्त्र प्रहरीको सयुक्त गस्ती टोलीले कञ्चनभोज क्षेत्रमा १८ थान पेय पदार्थ ‘ड्यु’ बेबारिसे अवस्था फेला पारेको हो ।

बाबाथान प्रहरी चौकीका ईन्चार्ज पदम सिंह साँउद र सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कञ्चनभोजका अवल्दार रामदत्त जोशीमा कमाण्डमा रहेको सयुक्त गस्ती टोलीले सिमावर्ती भारतिय बजारबाट ल्याईएको तथा बेबारिसे अवस्थामा कञ्चनभोजमा उक्त पेय पदार्थ ‘ड्यु’ बरामद गरेको हो ।

सयुक्त गस्ती टोली देख्ना साथ पेय पदार्थ ‘ड्यु’ फालेर ब्यापारी भागेको बताईएको छ् । बाबाथान प्रहरी चौकीका ईन्चार्ज पदम सिंह साँउदका अनुसार बेवारिसे अवस्थामा बरामद गरिएको पेय पदार्थ ‘ड्यु’ लाई स्थानिय, पत्रकार, जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको बताएका छन् ।

‘सिमावर्ती भारतिय बजारबाट ल्याईएको तथा अबैधरुपमा कञ्चनभोज बस्तीमा बेवारिसे अवस्थामा रहेको पेय पदार्थ ‘ड्यु’ लाई स्थानिय, पत्रकार, जनप्रतिनिधीको रोहवरमा नष्ट गरेका छौं’ बाबाथान प्रहरी चौकीका ईन्चार्ज असई पदम सिंह साँउदले भने । बरामद पेय पदार्थ ‘ड्यु’ को मुल्य झण्डै रु. ४ हजार बताईएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार