दोधारा । आर्थिक अवस्था दयनिय रहेका दोधारा चाँदनीका शंकर पुजाराको घरपरिवारलाई वडाध्यक्ष केशव खत्रीको सहयोग प्राप्त भएको छ।

दोधारा चाँदनी नगरपालिका– २ जनज्योती टोलका शंकर पुजाराको घरपरिवारको आर्थिक अवस्था दैनिय रहेर खाद्यान्न अभाव भएको अवस्थामा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा खाद्यान्न खरिको लागी रु. ५ हजार रकम हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडा सदस्य मनकला खनाल पुजारले जानकारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका जिल्ला उपाध्यक्ष मिनु चन्दले संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको वडाध्यक्ष खत्रीले बताएका छन् ।

आर्थिक अवस्था दैनिय रहेका शंकर पुजाराको घरमा पुगेर आर्थिक सहयोग गरिएको हो । घरमा एक छाक खानको लागी समस्या परेको अवस्थालाई मध्यनजर राख्दै वडाध्यक्ष केशव खत्रीले पुजारा घरपरिवारलाई सहयोग गरेको बताईएको छ् ।
हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका जिल्ला उपाध्यक्ष मिनु चन्द, दोधारा चाँदनी नगरपालिका– २ का वडा सदस्य मनकला खनाल पुजारा, शंकर पुजाराका घरपरिवार तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।
घरमा खानाको समस्या भएको अवस्थामा उनिहरुको दैनिकी छाक टार्नको लागी आफुहरुले आर्थिक सहयोग गरेको वडाध्यक्ष केशव खत्रीले बताएका छन् ।
‘आर्थिक सहयोग संकलनमा सघाउने राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका जिल्ला उपाध्यक्ष मिनु चन्दलाई बिशेष धन्यबाद’ वडाध्यक्ष केशव खत्रीले भने ।
वडाध्यक्ष केशव खत्रीले आफ्नो वडामा मात्रै नभई नगर क्षेत्रमै बिपन्न तथा गरिब घरपरिवारलाई पठनपाठन, उपचार तथा खाद्यान्नको लागी सहयोग गर्दै आएका छन् ।
आफुले पाउने सरकारी तलव सुबिद्याबाट गरिब तथा बिपन्न घरपरिवारलाई सहयोग गर्दै आएका वडाध्यक्ष खत्रीलाई स्थानियहरुलाई खुबै मन पराएका छन् ।
यस अघि दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले शंकर पुजारका घरपरिवारलाई २ बोरा चामल, १ पेटी खाने तेल, चिनी, चियापत्ती सहयोग गरेका हुन् ।
शंकर पुजाराका छोरा केही दिन अघि महाकाली नदीमा डुबेर मृत्युपछि शोकाकुल घरपरिवारमा खाद्यान्नको अभावमा गुज्रीरहेको छ् ।


