महेन्द्रनगर । डेङ्गीको रोगको कारण एक बालिकाको ज्यान गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने करिब १२ वर्षीया लक्ष्मी सेरालाको डेङ्गीको रोगको सङ्क्रमणको कारण मृत्यु भएको हो ।
केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेङ्गीको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढी स्थित अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा गए राति उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।