काठमाडौं । कांग्रेस सह महामन्त्री महेन्द्र यादवमाथि भएको भौतिक आक्रमणको विरोधमा कांग्रेसको भ्रातृ संघ नेपाल विद्यार्थी संघ(नेविसंघ) विरोध प्रर्दशनमा उत्रिएको छ।

बुधबार दिउँसो रिपोर्टर्स क्वलबमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने क्रममा रिपोर्टस क्लब परिसरमै श्याम सापकोटा नाम गरेका व्यक्तिबाट यादवमाथि धारिलो हतियारले आक्रमण भएपछि कांग्रेसले विज्ञप्ति निकालेर घोर भर्त्सना जनाएको थियो भने नेविसंघ विरोध प्रर्दशनमा नै उत्रिएको हो।

नेविसंघले बुधबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडी राँके जुलुस निकालेको हो। नेविसंघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्यहरु अमन भुषाल र उज्जल बज्राचार्य पनि सहभागी थिए।

यसैबीच सहमहान्त्री यादवको आइसियुमा राखेर उपचार थालिएको छ। बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा। बद्री रिजालले उनलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जानकारी गराएका छन्।
सहमहामन्त्री यादवलाई दिउँसो सवा २ बजे अस्पतालमा पुर्याइएको थियो। उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरी प्रहार भएको थियो जसकारण गहिरो घाउ भई रक्तश्राव भएको डा। रिजालले बताए।
सिटी स्क्यान गर्दा हालसम्म आन्तरिक चोट नदेखिएको अस्पतालले जनाएको छ।
‘ टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जरीरअर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ। त्यसपछि उनलाई आइसियुमा राखिएको अस्पतालले प्रष्ट्याएको छ।


