Saturday, July 27, 2024

कञ्चनपुरको भीमदत्त-७ का तीन खेलाडी एकसाथ भारोत्तोलन विश्व च्याम्पियनसिपमा

प्रकाशित:

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका विकास भट्ट, विशाल सिंह विष्ट र सागर भण्डारी साउदी अरेबियाको राजधानी रियादमा सोमबारदेखि सुरु हुने विश्व भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै, उनीहरूका प्रशिक्षक जीवन गौतम पनि भीमदत्तकै 

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

काठमाडौं । सोमबारदेखि साउदी अरेबियाको राजधानी रियादमा विश्व भारोत्तोलन च्याम्पियनसिप सुरु हुँदै छ । भारोत्तोलनको विश्व च्याम्पियनसिपमा नेपाल १६ वर्षपछि सहभागी हुँदै छ । नेपालका लागि संयोग यो छ कि प्रतिस्पर्धामा जाने सबै पुरुष खेलाडी एउटै वडाका छन् । अर्को संयोग प्रशिक्षक पनि उनीहरूकै पालिकाका हुन् ।

पुरुषतर्फ सहभागी विकास भट्ट, विशाल सिंह विष्ट र सागर भण्डारी कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका हुन् । प्रशिक्षक जीवन गौतम भीमदत्त–३ का हुन् । दुई महिला खेलाडीमा शारदा चौधरी कैलाली र टीकामाया गुरुङ पोखराकी हुन् ।

टोलीमा सबैभन्दा कम उमेरका खेलाडी हुन् विकास । उनी २१ वर्षका छन् । उनले ८१ केजीमा चुनौती दिनेछन् । २२ वर्षीय सागर भण्डारीले १०९ र २३ वर्षीय विशालले ९६ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

विकास कञ्चनपुरबाटै घरेलु प्रतियोगितामा सहभागी हुँदै आएका छन् । विकास १३औँ दक्षिण एसियाली केलकुद (साग)का स्वर्णपदक विजेता विकास थापालाई पराजित गर्दै रियादका लागि छनोट भएका हुन् । प्रशिक्षक गौतम भारोत्तोलनमा विकासको सम्भावना धेरै रहेको बताउँछन् । ‘विकास बल्ल २१ वर्षका भए । उनले मिहिनेत गरे आगामी दिनमा नेपालका लागि निकै राम्रो गर्न सक्छन्,’ गौतमले भने ।

सागर र विशाल विभागीय टोली नेपाल पुलिसबाट खेल्छन् । विशालले १३औँ सागमा नेपाललाई रजत पदक जिताएका थिए । १७ वर्षको उमेरदेखि भारोत्तोलन खेल्दै आएका उनी रियादमा पनि देशका लागि पदक उचाल्ने योजनामा छन् । ‘पदक ल्याउन निकै गाह्रो छ । तर, हामी विगत दुई महिनादेखि गरेको मिहिनेतले पदक प्राप्त गर्न प्रयास गर्छाैं,’ विशालले भने । प्रशिक्षकसहित तीन खेलाडी एकै पालिकाको हुँदा प्रशिक्षणमा निकै सहज भएको उनले सुनाए । ‘तीनैजना एकै वडाबाट सहभागी हुँदै छौँ । टोलीमा एक–अर्कालाई बुझ्ने, भाषा सहज हुने र खानपिन पनि एकै हुँदा प्रशिक्षणमा निकै सहज भएको छ,’ विशालले भने ।

सागरले पनि १३ औँ सागमा रजत पदक जितेका थिए । १०९ केजी तौलमा प्रतिस्पर्धा गर्न लागेका उनले पनि तयारी राम्रो भएको बताए । ‘हामीले आफ्नो तर्फबाट सकेको प्रयास गर्छाैं । चाहना त पदक जिताउने नै हो । तर, प्रतिस्पर्धामा के हुन्छ भन्न सकिँदैन । आफ्नो शतप्रतिशत क्षमता प्रस्तुत गर्छौं,’ उनले भने ।

प्रशिक्षक गौतम खेलाडीद्वय टीका र शारदासहित सोमबार (४ सेप्टेम्बर)मा रियाद प्रस्थान गर्नेछन् । उनीहरू दुवैको खेल ५ सेप्टेम्बरमा छ । त्यस्तै, विकास र विशाल ८ सेप्टेम्बरमा जानेछन् ।

उनीहरूको खेलतालिका क्रमशः १० र १२ सेप्टेम्बरका लागि छ । सागरको खेल प्रतियोगिताको अन्तिम दिन १७ सेप्टेम्बरमा छ । उनी विशालको खेल हेर्न भ्याउने गरी रियाद जाने तयारीमा छन् । यी पाँचै खेलाडीले रियादको विश्व च्याम्पियनसँगै चीनमा हुने १९औँ एसियाली खेलकुदमा पनि नेपालको झन्डा फहराउनेछन् ।

पूर्वाधार र उपकरण अभावले प्रशिक्षणमै चुनौती, रियादमा पदकभन्दा सुधारको आशा

जीवन गौतम काठमाडौं र महेन्द्रनगरमै रहेर भारोत्तोलोनका जुनियर तथा सिनियर खेलाडीलाई प्रशिक्षण गराउँदै आएका राखेपका मुख्य प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा दक्षिण एसियाली खेलकुदमा नेपालले तीन कास्यपदक हात पा¥यो । तर, उनी प्रशिक्षण पर्याप्त हुन नसकेको अनुभव सुनाउँछन् ।

‘हामीले खेलाडीलाई जसरी अभ्यास गराउनुपर्ने हो, त्यो भएको छैन । प्रशिक्षणको आवश्यक उपकरण नै छैनन् । काठमाडौंमा केही छन्, तर महेन्द्रनगरमा निकै नाजुक अवस्था छ,’ उनले भने । खेलाडी विकास पनि अन्य खेलका खेलाडीलाई जस्तो आफूहरूलाई प्रशिक्षण हल र उपकरणको सुविधा नभएको बताउँछन् । ‘कराँते, बक्सिङ, तेक्वान्दोलगायतको प्रशिक्षण हल र आवश्यक उपकरण राम्रो छ । हाम्रोमा सामान्य उपकरण पनि नहुँदा प्रशिक्षण प्रभावित हुन्छ । अभ्यास सोचेजस्तो हुन पाएको छैन,’ उनले भने ।

नेपाली भारोत्तोलनको इतिहास निकै लामो छ । तर, भारोत्तोलनले ओलम्पिकमा त के एसियाडमा समेत पदक जितेको छैन । दुवैमा सहभागिता नै ठूलो कुरा हो । अहिलेसम्म दक्षिण एसियाली खेलुकदमा मात्रै पदक प्राप्त गरेको छ । रियादमा हुने विश्व च्याम्पियनसिपमा पनि नेपाली टोलीले पदकको आशा गरेको छैन ।

व्यक्तिगत सुधार नै मुख्य लक्ष्य रहेको प्रशिक्षक गौतम बताउँछन् । ‘दुई महिनाको मात्रै तयारी भएको छ । यतिलाई राम्रै मान्न सकिन्छ । तर, पदकको आशा गर्नुहुन्न । रेकर्ड ब्रेकमै ध्यान दिन्छौँ । खेलाडीले रेकर्ड ब्रेक गर्नेमा पक्का छु,’ प्रशिक्षक गौतम भन्छन् ।

३८ वर्षपछि नेपाललाई पदक जिताएका हेमन्त पनि भीमदत्तकै

नेपाललाई ३८ वर्षपछि एसियन युथ एन्ड जुनियर भारोत्तोलनमा कास्यपदक जिताएका हेमन्त पाल पनि भीमदत्त नगरपालिकाकै हुन् ।

यसैले पनि अहिले भिमदत्त नगरपालिकालाई भारोत्तोलनको उर्वरभूमि मान्न थालिएको छ । ‘हेमन्तसँगै अझै ६–७ खेलाडी दैनिक अभ्यासमा छन् । उनीहरूले राम्रो गरिरहेका छन् । चाँडै राष्ट्रियस्तरमा देख्न पाउँछौँ,’ प्रशिक्षक गौतम भन्छन् ।

२८ जुलाईदेखि ५ अगस्टसम्म भारतमा भएको प्रतियोगितामा हेमन्तले तीन कास्यपदक जिताएका थिए । पुरुष ७३ केजीमा हेमन्तले स्न्याकमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भारवहन गर्दै तीन कास्य पदक जितेका हुन् ।

-नयाँ पत्रिका

ताजा समाचार

सम्बन्धित समाचार