तस्कर समुहका लाखौँका अवैध समान शसस्त्र प्रहरीको फन्दामा

प्रकाशित:

महेन्द्रनगर । सशस्त्र प्रहरीले तस्कर समुहले चोरी तस्करी भन्सार छलेर नेपाल तस्करी गरिरहेका समान बरामद गरेको छ । कञ्चनपुरको विभिन्न स्थानबाट तस्कर समुहले नेपाल भित्र्राईरहेका अवैध समान सशस्त्र प्रहरीले बरामद गरेको हो।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले अबैध रुपमा भित्रिरहेको लत्ताकपडा, मलखाद, बिडी, चिनि,कुखुरा सहितको ४लाख, ५६ हजार बराबरको अवैध समान बरामद गरिएको बताए ।

गणपति रावलका अनुसार गण मातहत रहेका सीमा सुरक्षा गुल्म गड्डाचौकी, बिओपी दोदा, कञ्चनभोज, बेस बडुवाल टोलबाट खटिएको शसस्त्र प्रहरी टोलीले र समान तस्करीमा प्रयोग भएका मोटरसाईकल बरामद गरेर भन्सार चलान गरिएकाने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार