निजामती कर्मचारी संगठनको सुदूरपश्चिम प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठनको आयोजनामा भदै १४ र १५ गते सुदूरपश्चिम प्रदेश स्तरिय राष्ट्र सेवक बचत तथा सहकारीको प्रदेश भेला र कर्मचारी संगठनबाटको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सङगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष रेबन्त गौतम, उपाध्यक्ष भवानी दाहाल, केन्द्रीय महासचिव जीवन काफ्ले, केन्द्रिय सदस्यहरु प्रताप चन्द, पदम राज जोशी, गणेश पनेरु लगायतको उपस्थिती रहेको थियो । उक्त प्रशिक्षण कार्याक्रममा पेसागत महासघका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकालको समेत उपस्थितए रहेको थियो ।

प्रदेशको निजामती सेवा ऐन संसोधन गर्ने र प्रदेशले जारी गर्ने स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम सरकारलाई दबाब सिर्जना गर्ने उक्त कार्यक्रमबाट निर्णय समेत भएको संगठनका महासचिव महादेव जोशीले बताए ।

त्यस्तै प्रदेशका बाँकि पालिका अधिबेशन सम्पन्न गर्ने, सहकारीलाई थप व्यवस्थापन सहित स्तरोन्नति गर्ने लगायतका निर्णयहरु गरिएको महासचिव जोशीले बताए ।

उक्त प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा, सुदुरपश्चिम प्रदेश सचीव धर्मराज पाठकको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा सुदुरपश्चिमका ९ ओटै जिल्लाका संगठनका अध्यक्ष सहित पदाधिकारी र सहकारीका पदाधिकारीहरु सहित ८५ जनाको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल निजामती कर्मचारी संगठनका प्रदेश अध्यक्ष कृष्ण शाहीले गरेका थिए । कार्यक्रम सञ्चालन प्रदेश महासचिव जोशीले गरेका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार