बाख्राले विरूवा खायो, झोकमा छिमेकीले गुप्ताङ्ग खाइदिँदा लगाइयो टाँका

प्रकाशित:

एजेन्सी । भारतको उत्तर प्रदेशमा बाख्राको निहुँमा परेको झगडामा एक जना छिमेकीले अर्का छिमेकीको पुरुष गुप्ताङ्ग खाइदिएका छन् । बरेली नजिकैको साहजहाँपुरमा भएको उक्त घटनामा २८ वर्षे पुरुषले ३१ वर्षे अर्का पुरषलाई गुप्ताङ्ग टोकिदिएर मरणासन्न पारेका हुन् ।

३१ वर्षे छिमेकीको बाख्रा २८ वर्षे छिमेकीको घर कम्पाउण्डमा छिरेर बोटविरुवा खाइदिएको थियो । सोही विषयमा झगडा भएपछि गंगारामले बाख्राधनीलाई लडाइदिए । लडाउने बित्तिक्कै उनले गुप्ताङ्ग टोकिदिएका थिए । त्यसपछि घाइते बाख्राधनीलाई नजिकैको अस्पताल पुर्याइएको प्रहरीले बताएको छ ।

अस्पतालमा बेहोस अवस्थामा पुर्याइएका उनको गुप्ताङगमा चार वटा टाँका लगाइएको छ । पीडितले भने, ‘पीडा निकै भएको छ । तर छिमेकीले गुप्ताङ्ग टोकिदिएपछि आगामी दिनमा आफ्नो वैवाहिक जीवनमा पहिलेझैँ हुने हो वा होइन भन्ने डर लागेको छ ।’ गंगारामविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान थालेको जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार