बझाङमा एउटै परिवारका ३ जनामाथि खुकुरी प्रहार

प्रकाशित:

महेन्द्रनगर ।  बझाङको सदरमुकाम चैनपुरमा एक दलित परिवारका ३ जनामाथि मध्यरातमा अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरी बस्ने दलित परिवारका ३ सदस्यमाथि खुकुरी प्रहार भएको हो ।

गएराति कलक बिकको श्रीमती र दुई छोरामाथि सुतिरहेको बेला अज्ञात व्यक्तीद्वारा खुकुरी प्रहार भएको प्रहरीको भनाई छ ।घाइते तीनैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार