मन्त्र अस्पतालले दियो नवजात शिशुलाई नवजिवन

प्रकाशित:

महेनद्रनगर । कञ्चनपुर जिल्लाको मुटु मानिने महेन्द्रनगर बजारमा रहेको मन्त्र अस्पतााले नवजात शिशुलाई नवजिवन दिएको छ । उच्च जोखिममा रहेका एक नवजात ११ साउन महाकाली प्रादेशिक अस्पतालमा जन्मिएका भीमदत्त नगरपालिका २ उल्टाखामका नवजात शिशुको मन्त्र अस्पताल महेन्द्रनगरमा सफल उपचार भएको हो ।

उल्टाखामकी सुमित्रा पन्त९भट्ट०को नवजात शिशुको मन्त्र अस्पतालले सफल उपचार गरेको छ । सल्यकृया गरेर जन्मिएका सुमित्राका छोराको मुखभित्र दिसा पसेकाले फोक्सोमा समस्या देखिएको थियो ।महाकाली अस्पताल पोषणपुर्नस्थापना गृहमै कार्यरत स्वास्थ्यकर्मी समेत रहेकी सुमित्राले जन्माएको शिशुलाई अस्पतालले रिर्फर गरेपछि परिवारले मन्त्र अस्पतालमा उपचार गर्न ल्याएका थिए ।

मन्त्र अस्पतालका नवजात तथा बाल रोग विशेषज्ञ डा।रामेश जोशीले अस्पतालमा ल्याउने क्रममा उच्च जोखिममा रहेका शिशुको सफल उपचार भएको बताए । ‘अस्पतालमा ल्याउँदा शिशुले दिशा खाएर फोक्सोमा समस्या देखियो, श्वाँस प्रश्वासमा समेत समस्या देखिएको थियो, ‘डा। जोशीले भने, ‘यस्ता केस कमै मात्रामा सफल हुन्छन, यो त अति नै जटिल थियो, तैपनि हाम्रो टिमले उच्च साहसका साथ उपचार अघि बढाए ।’ २४ घण्टाभित्रै काठमाण्डौँमा औषधी मगाएर शिशुको सातदिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि ९बिहीबार० २२औँ दिनमा अस्पतालले डिस्चार्ज गरेको बताए ।

मन्त्र अस्पताल एनआईसियूमा कार्यरत नर्स ममता चन्दले डा। रमेश जोशी नेतृत्वमा अस्पतालको टिम, घर परिवारको साथले उपचारमा सहज वातावरण भएकाले समेत शिशुलाई बचाउन सफल भएको अनुभव व्यक्त गरिन् । जन्मिदै उच्च जोखिममा परेका शिशुको आसै मारेको भट्ट परिवार अहिले हर्षित भएको छ ।

सुमित्रा पन्त९भट्टले डा। रमेश जोशीको टिम सहित अस्पतालले उपचारमा उच्च मेहनत गरेपछि छोराले पुर्नजन्म दिएको बताईन । ‘जन्मिदै शुरुमै शिशुको अवस्था जटिल थियो, ‘उनले भने, ‘अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीको नियमित अथक प्रयासबाट बाबुको सफल उपचार भयो, म र मेरो परिवार खुसी छौँ ।’

मन्त्र अस्पतालका निर्देशक डा।गोबिन्द रोकायाले अति जटिल रुपमा आएका नवराज शिशु बिरामीको डा। रमेश जोशी नेतृत्वको स्वास्थ्यकर्मी सहित अस्पताल टिमले बचाउन सफल भएको बताए । ‘प्रायजसो यस्ता केश कमै मात्रामा सफल हुन्छन, ‘डा। रोकायाले भने, ‘हामीले अन्य शिशु भर्ना नगरेरै पनि उसै शिशुमा ध्यान दिएर उपचार केन्द्रीत गरेका थियौँ ।’ अस्पतालले सहुलियमा उपचार गरिदिएको उनले बताए । जोखिममा रहेका शिशुको सफल उपचार भएपछि मन्त्र अस्पतालप्रति बिरामीको जनविश्वास समेत बढ्दै गएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार