महेन्द्रनगर । तिन दिन देखी हराईरहेका भीमदत्त नगरपालिका –वडा नम्बर ६ भुमिराज टोलका लोकेन्द्र पार्कीको शव भाँसी स्थित महाकाली सिचाईको नहरमा भेटिएको छ ।

मृतक पार्कीको चप्पल,मोबाईल,र पर्स लगेर हराएको खबर दिने काका नाता पर्ने जस बहादुर विकलाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ । महेन्द्रनगर– ब्रहादेब लिंक रोडमा निर्मित घरको टिनको छाना लगाउन गएका २८ वर्षीय पार्की साउन २३ गते राति ११ बजे देखि सम्पर्क विहिन भएका थिए ।

पार्की संगै भएका काका नाता पर्ने जस बहादुर विकले उनि हराएको भन्दै उनको मोबाईल,पर्स,र घर लगेका थिए ।विकलाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले बताए ।

पार्कीको त्यो दिन घरमा काम गर्ने दुईजना चौधरीहरुसंग झगडा परेको आफन्तको भनाई रहेको छ ।त्यस दिन मृतक पार्की,विक र दुईजना चौधरी संगै बसेर खानपिन समेत गरेको भन्दै घटना संकास्पद भएकोले प्रहरीले निष्पक्ष छानविन गर्नु पर्ने आफन्तको माग रहेको छ ।
पार्की हराएको सुचना काका नाता पर्ने विकले दिएका थिए ।त्यसपछि परिवारले खोजि गरिदिन जिल्ला प्रहरीमा निवेदन दिउका थिए ।खोजिको क्रममा आज विहान पार्कीको शव फेला परेको थियो ।
पार्कीको शव परिक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।