महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पुर्वमन्त्री रमेश लेखकले सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै दोस्रो ठुलो दर्जाको विश्वविद्यालय बनाउने उद्घोष गरेका छन् ।

शनिबार नेपाली कांग्रेस भीमदत्त नगर समितिको नगर सम्मेलनमा बोल्दै कांग्रेस नेता लेखकले सुदूरपश्चिम विश्वविद्यालयलाई त्रिभुवन विश्वविद्यालय पछि देशकै दोस्रो ठुलो दर्जाको विश्वविद्यालय बनाउन आफु लगायत नेपाली कांग्रेसले पहल गरिरहेको बताएका छन् ।

सुदूरपश्चिमको भीमदत्तनगरमा रहेको सुप विश्वविद्यालयमा पिएचडी गर्नका लागि समेत बाटो खुलिसकेको बताए । भीमदत्त नगरबासीहरुले घरमै बसी बसी पिएचडी गर्नसम्म मिल्ने वातावरण बनेको नेता लेखकले बताए । ‘आज हाम्रो भीमदत्त नगरपालिकाक भित्रै सुदूर पश्चिम विश्वविद्यालय छ, यहिबाट इन्जिनियरिङ्ग उत्पादन भइरहेकाछन्, अब त केहि दिनमै पिएचडी समेत गर्न मिल्ने भएको छ ।’ नेता लेखकले भने ।

कञ्चनपुरमै सुदूर पश्चिम विश्वविद्यालयको स्थापनाका लागि आफु सांसद रहेका बेला विधेयक लेखेर यो विश्वविद्यालय पुर्ण रुपमा नेपाल सरकारको खर्चमा सञ्चालन हुन्छ भनेर आफुहरुले नै पारित गरेको नेता लेखकले बताएका छन् ।


