इन्टरनेशनल स्कुलद्वारा भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता

प्रकाशित:

महेन्द्रनगर । २१० औँ भानु जयन्तीका अवसरमा कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुल अन्तर्गत सिर्जनशिल बाल क्लबले कविता वाचन प्रतियोगिता आयोजना गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको इन्टरनेशन पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र भट्टले बताए ।

‘पछिल्लो समय प्राय निजि विद्यालयहरुमा विद्यार्थीहरुलाई अंग्रेजीमा लेख्न, बोल्न, पढ्ने कुरालाई बढी प्राथमिकता दिइएको पाइन्छ ।’ उनले भने ‘त्यसैले प्राय विद्यार्थीहरु नेपालीमा अति नै कमजोर हुन्छन् । त्यसैले हामीले विद्यार्थीहरुलाई अंग्रेजी संगैँ हाम्रो मातृ भाषा लेख्न, पढ्न, बुझन, कला संस्कृति, संस्कार लगाएतका कुरापनि सिकाउन जरुरी छ ।’

उनले अगाडी भने ‘विद्यार्थीहरुलाई अंग्रेजी संगैँ नेपाली भाषा, कला संस्कृति सिकाउन पर्छ भन्ने उद्देश्यले कविता वाचन प्रतियोगिता आयोजना गरिएको हो ।’ इन्टरनेशनल पब्लिक स्कुलले विद्यार्थीहरुलाई निरन्तर यस्ता अतिरिक्त क्रियाकलाप गराउदैँ, सिकाउदैँ आएको छ ।

उक्त कविता वाचन प्रतियोगितामा सहभागीहरुले आदिकवि भानुभक्त को जीवनी, आमाको माया, प्रेरणा, जातिय भेदभाव विरुद्ध, देशको सुन्दरता, माया, देश र नेपाली हुनु प्रतिको गर्व लगाएतका विषयमा कविता लेखन तथा वाचन गरेका थिए ।

प्रतियोगितामा सहभागी २३ जनामध्ये कक्षा १० मा अध्यनरत छात्रा मोनिका बोहोरा प्रथम, कक्षा १० मा अध्यनरत छात्रा सम्झना भट्ट द्धितिय, कक्षा ८ मा अध्यनरत छात्र निरज पाल तृतिय र कक्षा ८ मा अध्यनरत छात्र शिरिष भट्टले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय, तितृय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाण पत्र सहित नगद पुरस्कार वितरण गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार