कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका ११नम्बर वडामा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिबिरसंचालन गरिएको छ । भीनपा ११ नम्बर वडाले विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो । बिहीबार वडामै विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको वडाध्यक्ष प्रकास थापाले बताए ।चुनावका बेला जनतासंग गरेका बाचा एव जनताको स्वास्थ्यका लागि शिबिर संचालन गरिएको बताए ।

वडाध्यक्ष थापाका अनुसार महाकाली अस्पतालका निमित्त मेसु डा.अर्जुन भट्ट नेतृत्वमा, ईएनटी विशेषज्ञ डा. प्रशान्त भट्ट सहितका चिकित्सव एव स्वास्थ्यकर्मी मार्फत बिरामीको चेकजाँच, उपचार गरिएको छ । निःशुल्क स्वास्थ्य शिबिरमा ल्याब सेवा सहित चेकजाँच, औषधी वितरण, स्वास्थ्य परार्मस प्रदान गरिएको छ । ‘केही गम्भिर प्रकृतिका बिरामीलाई हामीले थप उपचारका लागि महाकाली अस्पतालमा सिफारिस गछौँ, ‘उनले भने, ‘त्यस्ता बिरामीको त्यही उपचार हुन्छ ।’ शिबिरबाट वडाका २सय भन्दा बढि नागरिकले स्वास्थ्य सेवा लिएका छन ।

आर्थिक रुपमा विपन्न असाहय नागरिकले गाँउमै निःशुल्क उपचारदेखि औषधी पाएपछि वडाको उक्त योजनाप्रति आभार प्रकट गरेका छन । उनीहरुले यस्ता विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्य शिबिर थप आगामी दिनमा पनि हुनुपर्नेमा जोडदिएका छन । शिबिरको उद्घाटन गर्दै भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले आगामी दिनमा नगरबासीलाई थप स्वास्थ्य सेवा प्रदान गर्ने बचन दिईन ।
