कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरकी निलम लाबड उपचारका लागि मंलबार बिहान महाकाली अस्पताल आईन् । हालतमा मासु पलाएपछि उपचारका लागि अस्पताल पुगेकी निलमको उपचार अनिश्चित भएको छ ।हातको सल्यकृया९अप्रेसन० गर्नुपर्ने अवस्थामा पुगेकी निलमका आफन्तले सरकारी अस्पताल भएकाले पैशा बोकेर आएका थिएनन् । अस्पतालका स्वास्थ्यकर्मीले अप्रेसन गर्नुपर्ने र त्यसका लागि ५ हजार रुपैया जोह गर्न भनेपछि बिरामीका आफन्त एकछिन झोक्किए ।

तर, पनि आफन्तसंग हार गुहार गरेर सोही दिन पैशाको जोहो पनि गरेर, अप्रेसनका लागि चाहिने आवश्यक औषधी एव समाग्री समेत खरिद गरे तर, अप्रेसन कक्षमा गाउन लगाएर उपचार गर्न छिरेपछि चिकित्सकले अप्रेसन गर्न मानेनन् । बिरामीसंगै आएका कुरुवा९आफन्त०ले सरकारी अस्पतालमा पनि पैशा लाग्ने भन्दै आक्र्रोसित शैलीमा जिज्ञासा राखेका थिए ।बिरामीका आफन्तले जहाँ जिज्ञासा राख्नुपर्ने त्यहाँ नराखी अप्रेसन थ्रेटरका सर्जन डा।जनार्दश जोशीसंग ठोकिन पुगे । बिरामीका आफन्त र डा।जोशीविच शुल्कका विषयमा वाद विवाद भएपछि बिरामीको सोही दिन अप्रेसन गरिएन । अप्रेसन जस्तो अति सम्वेदनशिल काम भएको भन्दै सर्जन डा। जोशीले अप्रेसन गर्न नमानेपछि बिरामीका आफन्त थप अस्पतालप्रति रुष्ट भएका छन । १२ हजारको औषधी खरिद गरेरपनि चिकित्सकले निहुँ खोजेर अप्रेसन नगर्नु जिम्मेबारीबाट पन्छिन खोजिएको बताएका छन ।

बिरामीका आफन्त र चिकित्सकविचको विवादले रोगसंग लडिरहेकी निलम लाबड उपचारबाट बञ्चित भएकी छिन । दुई दिनदेखि अप्रेसनको पखाईमा रहेकी लाबडको चिकित्सकले उपचार गर्न नमानेपछि बिरामी मृत्युको मुखमा पुग्ने जोखिम बढिरहेको छ । बिरामीका आफन्त शुशिल ओखेडाले चिकित्सकसंग समान्य शुक्कको विषयमा जिज्ञासात्मक विवाद गर्दा उपचार गर्न नमानेको बताए ।‘बिरामीसंगै कुरुवा गर्न आएका घरमा आफन्त र चिकित्सक डा। जर्नादन जोशीसग अप्रेसन शुल्कको विषयमा विवाद भएको रहेछ, ‘उनले भने, ‘चिकित्सकले भने अनुरुप समयमै पैशा जोहो गर्न सकेनन, ढिलो गर्दा अप्रेसन गर्न मानेन, के चिकित्सकसंग बिरामीका आफन्तले विवाद गर्दैमा उपचारबाट बञ्चित गर्न मिल्छ रु’ बिरामीका आफन्तले आफुहरु गरिब भएकै कारण चिकित्सकले अनावश्यक रुपमा विभेद गरेको आरोप लगाएका छन ।

अनी सरकारी अस्पताल भएकाले कसैसंग शुल्कको विवादमा सोध्न नै नहुने कस्तो अचम्मको विषय भन्दै गुनासो पोखिरहेका छन । बिरामीमाथि उपचारमा खेलवाड भएकाले कुनै तलमाथि भए अस्पतालले जिम्मा लिनुपर्ने उनीहरुको भनाई छ । संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । उक्त धाराको उपधारामा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनिएको छ ।
तर, महाकाली अस्पतालका चिकित्सकले बिरामीका आफन्तले विवाद गरेको भन्दै उपचारबाट जिम्मेबारीबाट पन्छिन खोजिएको भन्दै अधिकारकर्मीले भत्र्सना गरेका छन । सर्जन डा। जनार्दशन जोशीले अप्रेसन गर्नुपर्ने बिरामीका आफन्तले नै शुरुमै विवाद झिकेपछी अप्रेसन गर्न कठिन भएको बताए । ‘मलाई बिलिङ्गसंग खासै कन्र्सल हुँदैन, ‘उनले भने, ‘उहाँहरु भनेको समयमा आइनन, आएपछि पनि विवाद गरे, शुरुमै विवादले पछि थप समस्या ल्याउँछ ।’ महाकाली अस्पतालका निमित्त मेसु डा अर्जुन भट्टले अप्रेसन कक्षबाट सल्यकृयाकै लागि अघि बढेको काममा बिरामीकै आफन्तबाट विवाद झिकिएपछी रोकिएको बताए । ‘अप्रेसन जस्तो विषय सम्बेदनशिल हुन्छ, ‘उनले भने, ‘अप्रेसनको शुरुमै विवाद गर्दा हामीलाई पनि चुनौती हुन्छ ।
’ महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले चिकित्सक र बिरामीका आफन्तविच शुरुमै उत्पन्न विवादलाई दुवै पक्षबाट ठुलो रुपमा नलिई समस्याको समाधान खोजिनुपर्ने बताए । रिर्फर सेन्टरबाट सुधारोन्मुख भईरहेका अस्पतालमा चिकित्सक र बिरामीका आफन्तविचको विवादका कारण बिरामी मृत्युको मुखमा पुगेकी छिन । सरोकारवाला पक्षले बिरामीका आफन्तबाट गुनासो राख्दैनमा अनेकन निहुँ बनाएर बिरामीको उपचार गर्न पाउने अधिकार ह्नन गर्न नहुने सुझाव दिएका छन ।