Friday, March 29, 2024

महेन्द्रनगरका क्लिनिक तथा फार्मेसीहरुमा अनुगमनः सञ्चालकहरुको चल्यो भागाभाग

प्रकाशित:

ऐश्वर्या कुवँर ।
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार लगायत आसपासको क्षेत्रमा रहेका फार्मेसी तथा सामुदायीक अस्पतालहरुमा अनुगमन गर्दा सञ्चालकहरुको भागाभाग भएको छ । शनिबार सामाजिक विकास मन्त्रालय र औषधी व्यावस्था विभाग, नेपालगञ्जको संयुक्त टोलीले जिल्लामा सञ्चालनमा रहेका फार्मेसी तथा सामुदायीक अस्पतालमा अनुगमन गर्दा क्लिनिक सञ्चालकहरुको भागाभाग चलेको हो ।

अनुगमनको क्रममा फार्मेसी तथा औषधि पसलहरुले चिकित्सकको प्रेस्किप्सन बिना नै औषधि विक्रि गरेको, मानव स्वास्थ्यमा प्रभाव पार्ने खालका औषधिहरु विक्रि गर्ने गरेको, प्रतिवन्धित औषधी संचय विक्रिवितरण गरेको, दर्ता नभएको औषधी संचय विक्रिवितरण गरेको, लागु तथा मनोद्धिपक औषधीलाई खुलमखुल्ला बिक्रि, वितरण गर्ने गरेको, एक प्रणालीमा दर्ता गरी अर्को प्रणाली मा संचालन गरेको, चिकित्सकीय अभ्यास गर्ने गरेको पाइएकाले यस्ता खालका कार्यहरुलाई अनुगमन तथा नियमन गर्न सामाजिक विकास मन्त्रालय र औषधी व्यावस्था विभाग नेपालगञ्जको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

उक्त टोली अनुगमामा छ, भन्ने थाँहा पाउनासाथ महेन्द्रनगरका धेरैजसो फार्मेसी तथा सामुदायीक अस्पतालका संचालकहरु सटर बन्द गरेर भागेका हुन् । कञ्चनपुरमा लागु तथा मनोद्धिपक औषधीको विक्रिवितरण खुल्ला रुपमा भईरहेको पाईएको औषधी व्यावस्था विभाग नेपालगञ्ज शाखाका फार्मेसी निर्देशक दिपेन्द्र कुमार शाहले बताए ।
पछिल्लो समय अरु जिल्ला भन्दा कञ्चनपुर जिल्लामा लागुऔषध दुव्र्यसनमा युवाहरु निकै सक्रिय देखिएको पाईन्छ । औषधी पसलेहरुले डाक्टरले दिएको प्रिस्किृप्सन अनुसार औषधीमुलो बेच्नुको साटो उक्त क्लिनिक लाइसेन्सको दुरुपयोग गर्दै युवा पुस्तालाई लागु औषध तथा दुव्र्यसनका डग्र्सहरुको व्यापार समेत गर्ने गरेको पाइएको छ ।

‘कञ्चनपुरका अधिकांस फार्मेसी तथा क्लिनिकहरुले लागु तथा मनोद्धिपक औषधी अभिलेखीकरण विना बिक्रि गर्ने, डाक्टरको सल्लाह विना विक्रिवितरण गरिरहेका छन् ।’ औषधी व्यावस्था विभाग नेपालगञ्ज शाखाका फार्मेसी निर्देशक शाहले भने, ‘हामीले व्यापार व्यवसायलाई पैसा कमाउने आधार मात्र नठानी एक प्रकारले समाज सेवा समेत बुझ्न अनिवार्य रहेको छ ।’

युवाहरुलाई देशका कर्णधार भनिन्छ, तर बिडम्बना व्यक्तिगत मुनाफाका लागी लागु तथा मनोद्धिपक औसधी बेचेर युवाहरुको भविस्य बर्बाद पार्ने काम भइरहेको निर्देशक शाहको तर्क छ । ‘हाम्रो समाज हामीले बनाउनु पर्छ । हामी अब प्रत्येक चौमासीकमा अनुगमन गर्न आउछौ ।फार्मेसी सम्बन्धी फर्मासिष्ट पुरा नगरेको, लागु तथा मनोद्धिपक औषधी रेकर्ड नराखेको, मनोद्धिपक औषीधी सुरक्षीत साथ लक एन्ड की नगरेको, अनुगमनको समयमा भागेको पसललेलाई अर्को पटक अनुगमनमा आउदा निगरानीमा राखेर काम गर्छौ ।’ उनले भने ।

अनुगमनको सुचना पहिले नै चुहावट हुँदा सटर बन्द गरेर भाग्नेहरुको संख्या बढ्दो छ । अनुगमनमा आउने टोलीले गोप्य रुपमा आउनु पर्ने गुनासो केहि औषधी व्यवसायीहरुको छ । उमा मेडिकलका संचालकले सामाजिक तथा औषधी व्यावस्थापन विभाग नेपालगञ्जको टोलीले अनुगमन हुनुपुर्व अब जिल्लामा अनुगमन हुन्छ भन्ने सुचना चुहावट रोक्नु पर्ने बताए ।

प्रदेश तथा नेपालगञ्जको टोलीले आफन्त र पैसा पहुँचको भरमा गलत गर्ने औषधी व्यवसायीहरुलाई समेत जोगाउने खेल चल्दै आएको केहिको आरोप छ । निस्पक्ष अनुगमन हुन जरुरी देखीएको उनीहरुको सुझाव छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहको क्षेत्रमा सञ्चालनमा रहेका फार्मेसीको अनुगमन, निरीक्षण र नियमन गर्ने अधिकार स्थानीय सरकारलाईहुदा समेत कञ्चनपुरका स्थानिय तहका पदाधीकारी भने फार्मेसीको अनुगमन निरीक्षक गर्ने वेखबर रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार