महेन्द्रनगर । प्रज्वल कुवँर कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको अध्यक्ष चुनिएका छन् । समाजवादी निकट अनेरास्ववियू सुदूरपश्चिम प्रदेश कमिटिको बैठकले सह संयोजक रहेका कुँवरलाई जिल्ला संयोजकको जिम्मेबारी प्रदान गरेको हो ।
संयोजक रहेका रमेश पन्तलाई केन्द्रीय स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्जको जिम्मेबारी दिईएको छ । बुधबार अनेरास्ववियू सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा बसेको बैठकले जिम्मेबारी हेरफेर गरेको हो ।