महेन्द्रनगर । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछ । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् । आज भने समूह सी र समूह डी का दुई दुई खेल हुनेछ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
समूह सी मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीच दिउँसो पौने ४ बजे लुसेल रंगशालामा सुरु हुनेछ । दोस्रो खेलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसिया भिड्नेछन् ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
यो खेल एजुकेसन सिटी रंगशालामा साँझ पौने ७ बजे सुरु हुनेछ । समूह सी कै अर्को खेलमा मेक्सिको र पोल्याण्ड राति पौने १० बजे भिड्नेछन् । यो खेल ९७४ वटा कन्टेनर प्रयोग गरेर बनाइएको अस्थायी रंगशाला ९७४ स्टेडियममा हुनेछ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)
आजको चौथो खेलमा समूह डी मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियासँग खेल्दै विश्वकप उपाधि रक्षा अभियान सुरु गर्नेछ । यो खेल मध्यराति पौने १ बजे अल जानोब रंगशालामा सुरु हुनेछ ।