महेन्द्रनगर । चौथो प्रदेश क्लब स्तरीय महिला रपुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को आज उपाधिका लागि महिला तर्फ मनकामना युवा क्लब र गौरीगंगा- ११ क्लब आज भिड्ने, पुरुष तर्फ फाइनल यात्राका लागि स्टार सिटि धनगढी र पिएफए स्पोर्ट्स क्लब अत्तरिया प्रतिस्पर्धा गर्ने , भेट्रान तर्फ मनकामना र कैलारी भोलि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
कञ्चनपुरस् सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको बृहत प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगितामा उपाधिका लागि महिला तर्फ मनकामना युवा क्लब र गौरीगंगा-११ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
मनकामना युवा क्लबले आयोजना गरेको चौथो प्रदेश क्लब स्तरीय महिला रपुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधिका लागि महिला तर्फ मनकामना युवा क्लब र गौरीगंगा-११ क्लब बिच आज दिउँसो २ बजे रोमाञ्चक खेल हुने छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)
यसैगरी पुरुष तर्फ फाइनल यात्राका लागि स्टार सिटि धनगढी र पिएफए स्पोर्ट्स क्लब अत्तरिया दिउँसो १:०० प्रतिस्पर्धा गर्ने छन् । उक्त खेलमा जित हात पार्ने टिमले उपाधिका लागि नवस्बुद्ध युवा क्लबको सामना कार्तिक २१ गते गर्नुपर्ने छ ।
प्रतियोगिताको भेट्रान तर्फ मनकामना युवा क्लबले उपाधिका लागी डिफेन्डिङ च्याम्पियन कैलारी गाउँपालिका संग भोलि कार्तिक २० गते प्रतिस्पर्धा गर्नेछ ।
मनकामना युवा क्लबको कैलारी गाउँपालिका संग फाइनलमा हेटटु हेट उपाधीका लागि यो तेस्रो भेट हुने पक्का भएको हो । कैलारीले दुई पटक उपाधी हात पारिसकेको छ । भने मनकामना उपाधी रक्षा गर्ने पक्षमा रहेको छ ।
खेलकुद क्षेत्रको बिकास र खेलाडी उत्पादनको लागि सुप प्रदेशको नमुना को रुपमा रहेको मनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडाले ” स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ,समाजको लागि खेलकुद” भन्ने मुल नाराका साथ कार्तिक १५ गते देखि चौथो प्रदेश क्लब स्तरीय महिला र पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ संचालन भएको थियो ।
उक्त प्रतियोगिताको समापन कार्तिक २१ गते मनकामना युवा क्लबको खेलमैदानमा हुने मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेले बताउनु भयो । उनका अनुसार, प्रतियोगिता समापनको लागि हामी अब अन्तिममा तिर पुग्न लागेका छौँ ।
प्रतियोगितामा पुरुष युवा क्लब तर्फ स्टार सिटि युथ क्लब धनगढी ,हिमाल फ्रेन्डस क्लब , पीएफए स्पोर्ट्स क्लब ,फुलबारी-११ , नामो बुद्ध ,डोटी फुटबल टिम, रिभर साइड क्लब र मनकामना युवा क्लब जुगेडा गरि आठ टिम रहेका छन् ।
यसैगरी भेट्रान फुटबल तर्फ कैलारी गाउँपालिका भेट्रान ,पुनर्वास नगरपालिका भेट्रान ,रोयल गोर्खाज स्पोर्ट्स सर्कल ,बोराडाँडि भेट्रान , पिएफए स्पोर्ट्स भेट्रान टिम गरि ६ क्लब र महिला फुटबल तर्फ ४ क्लबको सहभागिता रहेको छ । जसमा मनकामना युथ क्लब , कालिका युवा क्लब , रोयल गोर्खा स्पोर्ट्स सर्कल र गौरीगंगा-११ क्लबको सहभागिता रहेको छ ।
मनकामना युवा क्लबले प्रतियोगिताको आयोजना ,संरक्षकहरु कैलाली जिल्ला फुटबल संघ ,सुदूरपश्चिम प्रदेश फुटबल संघ ,सुदूरपश्चिम प्रदेश खेलकुद परिषद र प्रवर्द्धक धनगढी उपमहानगरपालिका कार्यालय र वडा न.१२ वडा कार्यालय धनगढी रहेका छन् ।
कैलाली जिल्ला फुटबल संघका निवर्तमान कोषाध्यक्ष एवं मनकामना युवा क्लबका निवर्तमान अध्यक्ष डबल बहादुर थापाले बताउनुभयो ।
प्रतियोगितामा पुरुष तर्फ विजेता हुने टिमले १ लाख १ हजार, उपविजेता टिमले ५१ हजार १ सय , महिला समुह तर्फ विजेता टिमले ५० हजार ,उपविजेता टिमले ३५ हजार ट्रफी ,प्रमाणपत्र र मेडल हात पार्ने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार को व्यवस्था रहेको छ। यसैगरी प्रतियोगितामा भेट्रान तर्फ विजेता हुने टिमले ७१ हजार र उपविजेताले ३५ हजार हात पार्ने छन् ।
भने उक्त विधा समूह भेट्रान फुटबलमा उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार राशी को व्यवस्था रहेको छ।