महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा लोकतान्त्रिक वाम गठबन्धनले तिहार पछिको पहिलो दिन भीमदत्त–२ बाट चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं. ३ का सयुक्त उम्मेदवार रमेश लेखक, माओवादी केन्द्रका नेता तथा क्षेत्र नं. ३ (१) का उम्मेदवार टेकेन्द्र प्रसाद भट्ट कांग्रेस नेतृ तथा समानुपातिक उम्मेदवार मधु भारती लगायतका नेता कार्यक्रताहरु भीमदत्त–२ मा चुनावी घरदैलो गर्दै छन् ।
कञ्चनपुरको समग्र विकास निर्माणका लागि लोकतान्त्रिक वाम गठबन्धनका सयुक्त उम्मेदवारहरुलाई विजय गराउनका लागी चुनावी घरदैलो कार्यक्रम जारी रहेको कांग्रेस नेता जनक भट्टले बताए ।
कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने, सुख्खा बन्दरगाह, मझ्गाउँ विमानस्थल, भीमदत्तलाई स्मार्ट सिटी, महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नती लगायतका एजेण्डाका साथ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरु चुनावी घरदैलोमा छन् ।