चुनावमा फेक समाचारका कारखाना खुल्न सक्छन्, सबै सतर्क बनौंः अध्यक्ष बस्नेत

प्रकाशित:

महेन्द्रनगर । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुटा समाचारको खेती हुन सक्ने भन्दै त्यसतर्फ सजग र सतर्कता अपनाउन आग्रह गरेका छन्।

शुक्रबार प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा उनले भने, ‘चुनावका बेला झन् फेक समाचारको कारखानै खुल्न सक्छ झुटको खेती गर्दै समाचार बनाउन सक्छन्। सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ।’

कुनै उम्मेदवार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने कार्यले सिंगो पत्रकारिता जगतको विश्वसनीयतामाथि आँच आउने उनको भनाई छ।

‘चुनावलाई स्वच्छ र निर्वाध ढंगले सम्पन्न गर्न मिडियाको ठूलो भूमिका हुन्छ। मिडियाले नै चुनाव सफल बनाउन अत्यन्तै प्रभावकारी भूमिका खेल्दै आइरहेको छ,’ उनले भने, ‘चुनावका बेला मिथ्या सूचना, भ्रमपूर्ण समाचारलाई कुनै हालतमा स्थान दिनु हुँदैन। त्यसबारे प्रेस काउन्सिलले नियमित अनुगमन गरिरहेको छ।’

ताजा समाचार

सम्बन्धित समाचार