महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर-२ मा बसोवास गर्दै आइरहेका वादी समुदायका बालबालिकाहरु वर्षै देखि शिक्षाबाट बञ्चित रहदैँ आएका छन् । २०४० साल देखि कृष्णपुर नगरपालिका-२ को बाणी बंकमा बस्दै आइरहेका वादी समुदायमा करिव ४० वटा घरपरिवारहरुको सङ्ख्या रहेको छ् ।

आफ्ना बालबालिकाहरुलाई उचित शिक्षा तथा घरपरिवारको राम्रो सँग पालन पोषण गर्न नसक्दा उक्त समुदायमा बसोबास गर्ने ८,९ घरपरिवारहरु घर नै बाझो पारेर रोजगारीका लागि भारत जान बाध्य भएका छन् । गरिबिको रेखामुनी बस्दै आइरहेका वादी समुदायका बालबालिकाहरुलाई विद्यालयमा शुल्क तिर्न नसक्दा कुनै पनि विद्यालयहरुले भर्ना समेत नगर्ने गरेको उनिहरुले बताए ।

उक्त समुदायका महिला तथा युवतीहरु घरको काम बाहेक बाहिरको अन्य कुनै पनि कामको बारेमा ज्ञान समेत नभएको बताउछन । ४,५ कक्षासम्म लेखपढ गरेका बालबालिकाहरु घरको स्थिति देखेर सानै उमेरमा रोजगारीका लागि कोही भारत जान्छन भने, कोही बाध्य भएर नै भागेर बिहे गर्ने गरेको वादी समुदायकी महिला पुष्पा कुमालले बताइन ।

कुमालका अनुसार उक्त समुदायमा ९,१० वर्षका साना बालबालिकाहरु देखि लिएर ६०,७० वर्षका वृद्धवृद्धाहरु बाहेक कोही पनि युवायुवतीहरु छैन्न । वादी समुदायमा रेस्ट नेपाल भन्ने विदेशी संस्थाले पौढ्शिक्षाका लागि विद्यालय भनी दुई कोठाको एउटा सानो भवन निमार्ण समेत गरेको छ । उक्त विद्यालय विहान १० बजे देखि दिउँसो १ बजेसम्म सञ्चालन हुन्छ भने, उक्त विद्यालयमा पढाउने थारु समुदायका दुईवटा शिक्षिका महिलाहरु रहेको कुमालले बताइन ।
त्यसैगरी पौढ्शिक्षा गर्ने बालबालिकाहरु जम्मा ३५ जना मात्र रहेको वादी समुदायकी महिला लक्ष्मि दमाईले बताइन । दमाईका अनुसार वादी समुदायमा बालबालिकाहरुका लागि शिक्षाको मात्र अभाव नभर कुनै कुनै घरमा विजुली, स्वच्छ पिउनेपानी, खाना पकाउने ग्यास तथा शौचालय समेत छैन् ।
शौचालय नभएका कारणले गर्दा वादी समुदायका मानिसहरु दिसापिसाव गर्नका लागि नजिकैको सामुदायिक वनमा जाने गरेको उनले बताइन । ‘खुल्ला दिसापिसाव गरेर फोहर गर्नाले उक्त समुदायमा वर्षेनी झाडापखालाले प्रत्यक घरका व्यक्तिहरुलाई सताउने गर्छ’ उनले भनिन, ‘निवार्चको समयमा मत माग्न आउँने नेताहरुले वादी समुदायमा भएका सम्पूर्ण समस्याहरुको समाधान गर्ने देखि लिएर बालबालिकाहरुलाई निशुल्क शिक्षाको समेत व्यवस्था गर्ने कुरा गर्छन तर, अहिले सम्म समेत कुनै पनि स्थानीय सरकारले उक्त समुदायको हितका लागि काम नगरेको उनले बताइन ।’
त्यसैगरी वादी समुदायका कतिपय महिलाहरु आफ्नो जीविकोपार्जनका लागि मजदुरी काम गर्दै समेत आईरहेका छन् । उक्त समुदायका महिलाहरुलाई आफ्नो नाम समेत लेख्न आउदैँन, जसकाणले गर्दा गाउँघरतिरकै बजारहरुमा समेत कुनै राम्रो काम गर्न नपाउने गरेको मञ्जु वादीले बताइन । उक्त समुदायका व्यक्तिहरु अशिक्षित भएकै कारणले गर्दा अहिले सम्म पछाडि पर्दै आइरहेको र आफ्ना बालबालिकाहरुले समेत उचित शिक्षा नपाउँदा आफू जस्तै पो हुन्छ कि भन्ने चिन्ताले सताइ रहने उनले बताइन ।
वादीका अनुसार विद्यालयमा बालबालिकालाई पढाएको महिना शुल्क ७ सय देखि ८ सयसम्म लिने गरेका छन् । उक्त शुल्क तिर्न नसक्दा हाम्रा बालबालिकाहरु लाई विद्यालयबाट नै निकालियो । विद्यालयमा पढाएको शुल्क तिर्न नसक्दा नै आफ्ना बालबालिकाहरु पढाइबाट नै बञ्चित भएका वादीले बताइन ।