दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

पप्पु गुरुङ्ग
पप्पु गुरुङ्ग
गुरुङ्ग १० वर्ष देखि पत्रकारितामा सक्रिय छन् । कञ्चनपुरको महाकाली नगरपालिका ९दोधारा–चाँदनीबाट उनले निगरानी खबरकालागि रिर्पोटिङ गर्नुहुन्छ ।

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना भाइरस (कोभिड १९) बिपद् ब्यवस्थापन समितिले केही दिन अघि गरेको निर्णय अनुसार क्वारेन्टाईन निर्माण गरेको हो । विश्वभरी कोरना भाईरस कोडिभ १९को संक्रमण बढिरहेका बेला संक्रमण रोकथामका लागी माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य अघि बढाईएको माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारले जनाएका छन् । माहाकाली नगरपालिकाले भानु बहुमुखी क्याम्पसमा क्वारेन्टाईन निमार्ण गरिएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । भारत लगाएत विदेशबाट आएकाहरुलाई भाइरसको लक्षण देखा परे क्वारेन्टाईनमा राखेर उपचार गर्नका लागी क्वारेन्टाईन निर्माण गरिएको बताईएको छ् । माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भानु बहुमुखी क्याम्पसमा निमार्ण गरिएको हालको लागी १५ सय्याका लागी मात्र भएको जनाएका छन् । ‘हाललाई १५ सय्याको निमार्ण गरिएको छ । अवस्था हेरेर थप गरिने छ्’ माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । ‘हामीले विदेशबाट आएका नागरिकको विवरण संकलन गरेका छौं’ उनले भने– ‘कुनै नागरिकको स्वास्थ्यमा कोरनाको लक्षण देखिए तुरुन्तै क्वारेन्टाईनमा राख्छौं ।’ माहाकाली नगर क्षेत्रमा जनप्रतिनिधी, स्वास्थकर्मी, सुरक्षाकर्मी सहितको संयुक्त प्रयासमा कोरना बिरुद्ध बिभिन्न प्रयास थालिएका छन् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...