भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

पप्पु गुरुङ्ग
पप्पु गुरुङ्ग
गुरुङ्ग १० वर्ष देखि पत्रकारितामा सक्रिय छन् । कञ्चनपुरको महाकाली नगरपालिका ९दोधारा–चाँदनीबाट उनले निगरानी खबरकालागि रिर्पोटिङ गर्नुहुन्छ ।

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा आवात जावत ठप्प बनाउदै गरेको बेला माहाकाली नगरपालिका खुला सिमा क्षेत्रमा भारतको बिभिन्न स्थानबाट नेपालीहरु भित्रिने क्रम जारी रहेको छ् । आज सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीको टोलीले नेपालका बिभिन्न स्थानका ४४ जना नेपालीलाई सिमा क्षेत्रको दशगजा क्षेत्रमा अलपत्र अवस्थामा उद्धार गरेको हो । उनिहरु दिल्ली लगाएत बिभिन्न स्थानबाट पैदल यात्रा तय गरि आफ्नो घर फर्केका थिए । माहाकाली नगरपालिका वडा नं. १ जिरोपोईन्ट नजिक भारतिय जंगलबाट हुदै सिमा क्षेत्रमा अलपत्र परेका ४४ जना नेपालीको उद्धार गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिएका छन् । उद्धार गरिएकाहरुलाई दशगजा क्षेत्रमा क्याम्प लगाई बस्न र खानपानको ब्यवस्था गरिएको शस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले बताएका छन् । उनिहरुलाई बस्न र खानको ब्यवस्था माहाकाली नगरपालिका कार्यालयले गरेको बताईएको छ् । उनिहरुको स्वास्थ्य जाँच समेत गरिने बताईएको छ् । माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले उनिहरुका लागी बस्न र खानपानको ब्यवस्था माहाकाली नगरपालिका कार्यालयले गरेको बताएका छन् । उनिहरुको रातीको सुरक्षाको लागी रातभरी सशस्त्र प्रहरी र नेपाली प्रहरीले पहरा दिने नगर प्रबक्ता सिजालीले बताएका छन् । संकटको बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र माहाकाली नगरपालिका कार्यालयले सहयोग गरेको भन्दै उनिहरुले धन्यबाद दिएका छन् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...