निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

पप्पु गुरुङ्ग
पप्पु गुरुङ्ग
गुरुङ्ग १० वर्ष देखि पत्रकारितामा सक्रिय छन् । कञ्चनपुरको महाकाली नगरपालिका ९दोधारा–चाँदनीबाट उनले निगरानी खबरकालागि रिर्पोटिङ गर्नुहुन्छ ।

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल कञ्चनपुरले स्वास्थ्य सामग्री सहयोग गरेको छ् । निड्स नेपाल कञ्चनपुरले माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार लगाएत जनप्रतिािधीलाई स्वास्थ्य सामग्री बुझाएको हो । निड्स नेपालले हेण्ड सेनिटाईजर ९६ थान (२सय एमएल ८ पेटी) , मास्क १ हजार थान (कपडाको), हेण्डवास ३६ थान (३ पेटी) माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार र जनप्रतिनिधीहरु हस्तान्तरण गरेको निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी शुनिल सेठ्ठीले जानकारी दिएका छन् । निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी सुशिल सेट्टीले कोरनाबाट जोगिनका लागी नगरपालिकालाई स्वास्थ्य सामग्री बितरण गरेको बताएका छन् । यस अघि निड्स नेपालले माहाकाली नगरपालिकालाई ५ सय थान मास्क र ५ सय थान डिटल साबुन हस्तान्तरण गरेको हो । माहाकाली नगरपालिका क्षेत्रमा बिगतका दिनहरु देखी निड्स नेपालले माहाकाली नगरपालिकाका स्थानियहरुको आवश्यकतालाई ध्यानमा राख्दै बिभिन्न सहयोग गर्दै आएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...