दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

पप्पु गुरुङ्ग
पप्पु गुरुङ्ग
गुरुङ्ग १० वर्ष देखि पत्रकारितामा सक्रिय छन् । कञ्चनपुरको महाकाली नगरपालिका ९दोधारा–चाँदनीबाट उनले निगरानी खबरकालागि रिर्पोटिङ गर्नुहुन्छ ।

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली फर्केकाहरुलाई नेपाली नागरिक माथी विशेष निगरानीमा राख्न थालिएको छ् । माहाकाली नगरपालिका क्षेत्रमा झण्डै एक सातामा एक हजार नेपाली घर फर्किसकेको अनुमान गर्न सकिन्छ् । माहाकाली नगरपालिका कार्यालयले भारत लगाएत अन्यमुलुकबाट घर फर्केका माहाकालीका नागरिकहरुलाई स्वास्थ्य परिक्षण संगै क्यारेन्टाईनमा बस्न भन्दै निगरानी बढाएको छ् । घर फर्केकाहरुको स्वास्थ्य अवस्था र क्यारेन्टाईनमा बसे नबसेको बुझ्न निगरानी बढाईएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले जानकारी दिएका छन् । नेपाल लगाएत बिश्वका बिभिन्न देशमा संक्रमण फैलिरहेको अवस्थामा माहाकाली नगरपालिकाले आफ्नो नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै घर फर्केकाहरुको लगत संकलन र क्वारेन्टाईनमा बसेको नबसेको निगरानी बढाउने कार्य गरिएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । माहाकाली नगरपालिकाले नगरको स्वास्थ्य अवस्थालाई सुरक्षित राख्न संक्रमण देखा परेकाहरुलाई क्वारेन्टाईन निमार्ण कार्य तिब्ररुपमा अघि बढाएको छ् । क्वारेन्टाईन निमार्ण कार्य केही दिन भित्रै सकिएर काम काज अघि बढाईने माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...