दोधारा चाँदनीको सिमा क्षेत्रबाट सशस्त्र प्रहरीद्धारा ६ जना नेपालीहरुको उद्धार गर्दै

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा भारतबाट पैदल हिडेर आएका नेपालीहरुले उद्धार र सहयोगमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीको एक टोलीले उद्धार गरेको खबर प्राप्त भएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ जामुनाघरी नजिक नेपाल–भारत सिमा क्षेत्र नजिक क्षेत्रमा उनिहरुलाई उद्धार गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिएका छन् । उद्धार गरिएकाहरुलाई स्थानिय र सशस्त्र प्रहरीले चाउचाउ तथा रोटी खुवाएका छन् । माहाकाली नगरपालिका वडा नं. ६ का दिपक गुरुङ्ग, सुर्खेतका बालकृष्ण सिंह ठकुरी, स्याङझा वालिङ्गका शंकर नेपाली, प्रबिन सार्की, चन्द्र बहादुर नेपाली, हेप्पी नेपाली रहेका बताईएको छ् । उनिहरु ३ दिन लगाएर भारतको दिल्लीबाट आएको बताएका छन् । गड्डाचौकी नाका सिल गरेको खबर पाएपछि उनिहरु खुला सिमा क्षेत्र बाट आफ्नो जन्मभुमी आउने योजना बनाएका हुन् । आफुले काम गर्ने होटेल कोरोना भाइरसको कारण बन्द भएपछि भोकै रहने स्थिती आएपछि दिल्लीबाट पैदल यात्रा तय गरेको उनिहरु मध्यका एक हेप्पी नेपालीने बताउका छन् । सशस्त्र प्रहरीले उनिहरुको स्वास्थ्य परिक्षण गर्ने तायरी गरेको खबर आएको छ् । स्वास्थ्य परिक्षण पछि उनिहरुलाई गन्तब्य तिर पठाउने भएको छ् ।