उद्धारमा सशस्त्र प्रहरी : भारतको दिल्लीबाट ४ दिन हिडेर आएका सुत्केरी आमा

पप्पु गुरुङ्ग
पप्पु गुरुङ्ग
गुरुङ्ग १० वर्ष देखि पत्रकारितामा सक्रिय छन् । कञ्चनपुरको महाकाली नगरपालिका ९दोधारा–चाँदनीबाट उनले निगरानी खबरकालागि रिर्पोटिङ गर्नुहुन्छ ।

दोधारा । काँखमा ८ दिनको नानी च्यापेका डोटीका २० वर्षिय रेखा कोली (८ दिनको सुत्केरी) माहाकाली नगरपालिका वडा नं. १ पशुपती टोल नजिक भारतको गडीगोड जंगलमा अलपत्र अवस्थामा देखा परे । उनि संग अरु १५ जना महिला र पुरुषहरु रहेका थिए । त्यो समय रातीको झण्डै ९ बजेको हुनुपर्छ । सशस्त्र प्रहरीले उनिहरुलाई देख्यो । भारतको जंगलमा देखिएका ति नेपालीहरु जम्मा १६ जना थिए । उनिहरु झाँडीको छेउमा लुकेर नेपाल–भारतको सिमा क्षेत्रको अवस्थालाई नियाल्दै थिए । सशस्त्र प्रहरीले उनिहरुलाई आउन आग्रह गऱ्यो ।

उनिहरु डराई डराई नेपाल प्रवेश गरे । सशस्त्र प्रहरीको टोलीले उनिहरुलाई नेपाली भाग तिर ल्याउन अहम भुमिका निर्वाह गऱ्यो । लामो हिडाई र भोक प्यासले उनिहरु ढल्ने अवस्थामा पुगेका थिए । कतीले त नेपालको भुमी खुट्टा राख्ने बित्तिकै सुतेर लामो श्वास लिए । त्यो समयमा म, आफ्नो कार्यालयमा समाचार लेखनमा ब्यस्त थिए । माहाकाली नगरपालिका स्थित रहेका सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टका प्रहरी निरिक्षक राम सिंह भण्डारीले मलाई फोन गरे । उनले पशुपती टोल नजिक रहेको अवस्थाको समान्य जानकारी गराउदै आउन आग्रह गरे । म, लगाएत माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली र सनसेट युथ भोलेन्ट्रि ग्रुपका संयोजक रमेश भण्डारी पशुपती टोल तिर लाग्यौं । हामी पुग्दा पुग्दै करिब १० बजेको हुनुपर्छ । सशस्त्र प्रहरीका राम सिंह भण्डारीले अलपत्र परेका १६ जनालाई पानी र चाउचाउ दिदै थिए । सुरक्षाकर्मी संग माहाकाली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्ट र झोलुङ्गे पुल अस्थायी प्रहरी चौकीका ईन्चार्ज पनि रहेका थिए । भारतको मद्रासबाट आएका उनिहरुले बताए । लाल बहादु बिक, करन परियार, कृष्ण कोली, सर्ना बिक, नर बहादुर बिक, लक्ष्मण कोली, बिद्या कोली, सन्दीप कोली, रेखा कोली, शारदा बिक, ८ दिनको बच्चा, पदमा कोली, रोहित कोली, शिवराज कोली, रमेश बिसी रहेको सशस्त्र प्रहरीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले मलाई टिपोट टिपाए । उनिहरु डोटी सिलगडी घर रहेको रहेछ् । उनिहरुको स्वास्थ्य अवस्था निकै नाजुक रहेको देखिन्थ्यो । उनिहरुको ओठ पानी खान नपाएर सुकेका जस्तो मलाई लाग्यो । सशस्त्र प्रहरीले पानी दिदा उनिहरु पानी पिउनको हतारो मा झम्टनै आउने गरेका थिए । उनिहरुमा ४ जना बच्चा, ३ महिला र ९ पुरुष रहेका थिए । बच्चा पनि १० वर्षका मुनीका थिए । भारतबाट नेपाल भित्रिदै गर्दा बिभिन्न स्थानमा भारतिय सुरक्षाकर्मीले गरेको अमानविय ब्यवहार उनिहरुले भन्दै थिए । उनि भारतको मद्रासबाट बस सेवाबाट दिल्ली पुगेका थिए । २ दिन दिल्लीको गलीहरुमा अलपत्र भोकै प्यासै भएपछि पैदलै हिडेरै भएपनि आफ्नो जन्मभुमी पुग्ने आँट गरेर पैदल यात्रा सुरु गरेको उनिहरुले बताए । ४ दिन लगाएर पैदल यात्रा गरेको पिडा सुनाए । उनिहरु बाटोमा जंगलका छेउमा रात बिताउदै आएका थिए । बाटोमा कुनै पसल समेत खुल्ला नहुदा पानीको भरमा यात्रा जारी राखेका थिए । निकै दर्दनाक द्धश्य मैलै हेर्न पाए । रोजगारीको सिलसिलामा भारत पसेको झण्डै ३ वर्ष भएको र कारोना भाइरसको कारण फ्याक्ट्री बन्द भएपछि घरभेटीले कोठाबाट निकालेपछि घर फर्केन बाध्य भएको बताए । उनिहरुले गन्तब्य सम्म पुग्न सहयोग गर्न सुरक्षकर्मी र जनप्रतिनिधी संग अनुरोध गरेका थिए । काँखमा ८ दिनको शरिरमा कपडा नभएको नानी च्यापेर आएका सुत्केरी आमा रेखा कोलीले समेत सबै संग रुदै घर सम्म पुगाउन ब्यवस्था गर्न आग्रह गरेका थिए । रेखा कोलीको शल्यकृया पछि बच्चा जन्मेको उनका श्रीमान लक्ष्मण कोलीले बताए । उनिहरुको खुट्टा सुन्नीएको थियो । त्यसै मध्य सुत्केरी आमाको अवस्था झनै दर्दनाक थियो । पैतलामा घाउका फोका देखिन्थे । बढो दर्दनाक द्धश्यले हामी संगै रहेको सुरक्षाकर्मी, जनप्रतिनिधीको मन बिझाएकै हो । उनिहरुको अवस्था निकै मर्महात थियो । सहन गर्न नसक्ने त्यो जस्तो पिडा मैलै देखेको थिएन् । सुत्केरी आमालाई सशस्त्र प्रहरीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले केही रकम समेत दिएका थिए ।उनिहरुले सशस्त्र प्रहरीका प्रहरी निरिक्षक लगाएत सुरक्षाकर्मीको टोलीले गरेको सहयोग कहिल्यै नबिर्सने बताए । ४ दिन सम्म भोक भोकै सुत्करी आमाको पिडा निकै दर्दनाक रहेको उनको अनुहारले छर्लङ्ग देखाईरहेको थियो । सुत्केरी आमाको बोलाईको शब्द शब्दमा पिडानै झल्कन्थ्यो । ‘दुखको बेला चाहिने घरनै रहेछ’ उनि भन्दै थिए । उनि सबैलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले महाकाली झोलुङ्गे पुल सम्म पुगाउदै गर्दा रातीको करिब ११ : ३० बजेको थियो । हामी पनि सुरक्षाकर्मी तथा जनप्रतिनिधी संगै झोलुङ्गे पुलमा पुगेका थिए । उनिहरुलाई सशस्त्र प्रहरीले पुल पारी टिप्परको ब्यवस्था गरि गड्डाचौकी स्वास्थ्य परिक्षणको लागी पठाउन तयारी जुटाउन थाल्यो । प्रहरीको ओकी टोकी मा ‘रोजर रोजर …’ को आवाज चल्दै रह्यो । त्यो सुनसान रातमा सबैले टर्च लाईट बालेर ८ दिनको बच्चा र सुत्केरी आमालाई हेर्दै जिब्रो टोक्दै हेरिरहे ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...