दोधारा चाँदनीमा सशस्त्र प्रहरीद्धारा अबैध मदिरा नष्ट

दोधारा । सरकारले लकडाउनको कार्यान्वय गर्न नमान्नेलाई कार्वाही गर्ने निती लिएपछि माहाकाली नगरपालिका वडा नं. ३ नेपाल–भारत सिमा क्षेत्र नजिक रहेको नेपाली बस्ती (बडवाल टोल) मा अबैधरुपमा लकडाउनको उल्घंन गर्दै खुलेआम भारतियहरुलाई अबैध मदिरा बच्दै गरेको अवस्थामा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले अबैध मदिरन बरामद गरेको छ् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डमा गएको गस्ती टोलीले माहाकाली नगरपालिका वडा नं. ३ नेपाल–भारत सिमा संग गाँसिएको नेपाली बस्ती बडवाल टोलबाट ३ पेटी लिची नामक मदिरा, एक बोतल भर्जिन नामक मदिरा र ३० लिटर घरेलु मदिरा सिमा क्षेत्र नजिक भारतिय नागरिकलाई बिक्री बितरण गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरीको टोलीलाई देखेर अबैध मदिरा बिक्री गर्ने र खरिद गर्ने फरार भएको बताईएको छ् । प्रहरीले उक्त बरामद गरेको अबैध मदिरालाई स्थानिय, पत्रकार, जनप्रतिनिधी तथा नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको छ् । विश्वमा महामारीको रुपमा फैलीएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न माहाकाली नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीले अहंम भुमिका खेल्दै आएको स्थानियहरुले बताएका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले कोभिड १९ रोकथाम तथा नियन्त्रण संगै समाजमा शान्ती कायम गर्न सकारात्मक भुमिका निर्वाह गर्दै आएको बताईएको छ् ।