दोधारा चाँदनीको सिमा क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीद्धारा नेपालीहरुको उद्धार गर्दै

पप्पु गुरुङ्ग, दोधारा । माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा भारतबाट पैदल हिडेर आएका नेपालीहरुले उद्धार र सहयोगमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी र ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी झण्डै एक साता देखी खटिदै आएका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डमा दिन रात खट्दै सिमा क्षेत्रमा आवात जावत गर्ने र भारतको बिभिन्न शहरबाट पैदल हिडेर आएका नेपालीहरुको उद्धार र सहयोग गर्दै आएका छन् । प्रहरीले माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा अलपत्र परेका झण्डै २ हजार भन्दा बढी नेपालीहरुको उद्धार गरिसकेको स्थानियहरुले आँकलन गरेका छन् । माहाकाली नगरपालिकाका नेपाल–भारत सिमा नाकामा भारतबाट नेपाल आउने क्रम भने अझै रोकिएको छैन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले उनिहरुलाई सकुशल उद्धार गरि स्वास्थ्य जाँच पछि उनिहरुको गन्तब्य सम्म पुर्‍याउन सहयोग गर्दै आएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले बताएका छन् । हिजो नेपाल प्रहरी, सशस्त्र प्रहरीले सिमा क्षेत्रमा अलपत्र परेका ९ जना बिभिन्न स्थानका ब्यक्तीहरुलाई सकुशल उद्धार गरि स्वास्थ्य परिक्षण पछि उनिहरुको गन्तब्य सम्म पग्न सघाएको थियो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले लकडाउनको पुर्ण पालना नगर्नेहरुलाई कार्वाही गर्दै आएको बताएका छन् । माहाकाली नगरपालिका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले आफ्नो ज्यान जोखिममा राखेर जिम्मेवारी बहन गर्दै आएको भन्दै स्थानियहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्वास्थ्यकर्मीहरुलाई धन्यबाद दिदै आएका छन् ।