माहामारीलाई रोक्न माहाकाली नगरपालिकाले क्वारेन्टाईन संचालन गर्ने

पप्पु गुरुङ्ग
पप्पु गुरुङ्ग
गुरुङ्ग १० वर्ष देखि पत्रकारितामा सक्रिय छन् । कञ्चनपुरको महाकाली नगरपालिका ९दोधारा–चाँदनीबाट उनले निगरानी खबरकालागि रिर्पोटिङ गर्नुहुन्छ ।

दोधारा । कोरनाको संक्रमण रोक्न माहाकाली नगरपालिकाले क्वारेन्टाईन संचालनमा ल्याउने भएको छ् । माहाकाली नगरपालिका नगरकार्यपालिकाको आज बैठकले माहाकाली नगरपालिका वडा नं. ५ स्थित रहेको भानु बहुमुखी क्याम्पसको नवनिर्मित भवनमा क्वारेन्टाईन संचालन गर्ने निर्णय गरेको माहाकाली नगरपालिका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले जानकारी दिएका छन् । निमार्ण हुने क्वारेन्टाईनमा भारतबाट आउने र नगरपालिकामा कुनै व्यक्ति माथी कोरोना संक्रमण भएको शंका लागे पछि त्यस्ता ब्यक्तीलाई क्वारेन्टाईनमा राखेर उपचार गरिने बताईएको छ् । बैठकले ९ सदस्यीय क्वारेन्टाईन संचालन तथा ब्यवस्थापन समिति गठन गरेको छ् । माहाकाली नगरपालिका कार्यालयका प्रंमुख प्रशासकिय अधिकृत गणेश मिश्रको संयोजक रहने गरि सदस्यमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बम, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी, नेपाल रेडक्रस सोसाईटी दोधाराका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाईटी चाँदनीका अध्यक्ष जित बहादुर जिसी, माहाकाली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गम्भिर सिंह भण्डारी, माहाकाली नगरपालिका कार्यालय सुचना अधिकृत रघुनाथ भट्ट, जिल्ला जनस्वास्थ्य निरिक्षक जय बहादुर महरा रहेका छन् । यस्तै बैठकले ‘लक डाउन’ को अबधीमा आधारभुत उपभोग्य बस्तुहरुको अभाव श्रजना हुन नदिन माहाकाली नगरपालिकाका बिभिन्न वडाहरुमा अवस्थती स्थानिय बजारहरुबाट खाद्यबस्तु, तरकारी, ग्यास डिजल, पेट्रोल आदी जस्ता बस्तुहरु बिक्रि बितरणको लागी प्रत्येक दिन बिहान ६ बजे देखी ९ बजे सम्म खुला गर्ने र ब्यवसायीहरुलाई नगरपालिकामा दर्ता भएका ब्यवसायीहरुलाई अनुमती प्रदान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई अनुरोध गर्ने निर्णय समेत भएको माहाकाली नगरपालिका नगर प्रबक्ता सिजालीले बताएका छन् । ‘लक डाउन’ को अबज्ञा गर्ने जोकसैलाई पनि हदै सम्मको सजाय समेत गरि ‘लक डाउन’ पुर्ण कार्यान्वय गराउन सुरक्षा निकायलाई निर्देशन दिने निर्णय भएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...