नागरिकको पिडामा मलहम लगाउदै दोधारा चाँदनीमा सशस्त्र प्रहरी (फोटो तथा भिडियो सहित)

दोधारा । सिमा नाका संग जोडिएको माहाकाली नगरपालिकाको जंगल क्षेत्रमा भारतिय सुरक्षाकर्मीले धपाएका नेपालीहरुलाई सशस्त्र प्रहरीले उद्दारले उद्धार गरेको छ् ।

माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा अलपत्र परेको नेपालीहरुलाई शस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले आज दिन भरीमा १४ जना बिभिन्न स्थानका नेपालीलाई उद्धार गरि स्वास्थ्य परिक्षण गरि उनिहरुलाई गन्तब्य सम्म पुग्न सहयोग गरेको छ् । कोरोना भाइरसको कारण नेपालका सीमा क्षेत्रमा नाकाबन्दी र ‘लकडाउन’ भएपछि नेपाल प्रवेश गर्ने नेपालीहरुको खुला सिमा नाका हुदै आउनेको संख्याका हत्तै बृद्धि भएको हो । ‘लक डाउन’ भए देखी आज सम्म सशस्त्र प्रहरीले माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा अलपत्र परेको झण्डै ३ हजार बढीलाई सकुशल उद्धार गरि स्वास्थ्य परिक्षण गराई उनिहरुलाई गन्तब्य सम्म पुर्‍याएको छ् ।

 

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डमा माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा २४ घण्टा सुरक्षा ब्यवस्था कडा बनाएको बताईएको छ् ।