भानु माध्यमिक बिद्यालय दोधाराका यस्तो पनि शिक्षक !

दोधारा । भानु माध्यमिक बिद्यालयका कम्प्युटर शिक्षक पदम सिंह साँउद, साथै उनका सहोदर भाई भनिएका मनोज सिंह साँउदले माहाकाली नगरपालिका वडा नं. ६ निवासी वर्ष अन्ताजी १८ का कृष्ण मानन्धरलाई कुटेका हुन् । कुटपिटबाट मानन्धरको मुख तथा घाटीमा गम्भिर चोट आएको उनका परिवारजनले बताएका छन् । उनी माथी मुक्का, लात्ती सहित फलामे रड प्रहार गरिएको मानन्धरका परिवारजनले बताएका छन् । ‘घर जादै थिए अचानक म, माथी आक्रमण गरे’ कृष्ण मानन्धरले भने । मानन्धरलाई कुटपिट गरेको खबर पाएपछि स्थानिय तथा आफन्त पुगेका थिए । कृष्ण मानन्धरका कान्छा वुवा भिम मानन्धरले आफुहरु उनिहरु दुबै जना माथी ईलाका प्रहरी कार्यालयमा निबेदन दिएको बताएका छन् । घर आउदै गरेको छोरा माथी एक्कासी आक्रमण गरेको खबर पाएपछि छोरालाई रगताम्य भएको अवस्था कुटपिट गर्दै गरेको उनले बताए । भानु माध्यमिक बिद्यालयका कम्प्युटर शिक्षक पदम सिंह साँउदले आफु बस्ने बिद्यालयको छात्राबास कक्षमा आफन्तहरु बसाल्दै आएको स्थानियहरुले बताएका छन् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बम अनुसार घाईते कृष्ण मानन्धरको उपचार गर्ने सहमती भई मेलमिलाप गरिएको बताएका छन् ।