कञ्चनपुरमा पत्रपत्रिका बन्द गर्न पत्रकार महासंघको आह्वान

महेन्द्रनगर । कञ्चनपुबाट प्रकाशित हुने पत्रपत्रिका बन्द गर्न पत्रकार महासंघ कञ्चनपुरले आह्वान गरेको छ । सोमबार पत्रकार महासंघ कञ्चनपुरले पत्रकारहहरुलाई सेल्फ क्वारेन्टाइनमा बसेर काम गर्न आह्वान गर्दै विज्ञप्ती जारी गरेको छ ।

विश्वभर कोरोना( कोभिड–१९) को माहामारी रहेकाबेला उच्च सतर्कता अपनाउदै कंचनपुर जिल्लाका प्रिन्ट मिडिया संचालक तथा सम्पूर्ण पत्रकारलाई पत्रकार महासंघ कञ्चनपुरले पत्रपत्रिका बन्द गर्न अनुरोध गरेको हो ।

यस्तो छ विज्ञप्ती ।

अहिले विश्वभरी महामारी को रुपमा फैलिरहेको को कोरोना भाइरसको महामारी बाट बच्न सरकारले सम्पुर्ण नागरीकहरुलाइ सेल्फ क्वारेन्टाइनमा रहन र उच्च सतर्कता अपनाउन गरिरहेको निर्णय को स्वागत गर्दै वर्तमान अवस्थामा देखिएको कागजको अभावका साथै छापाखाना का कामदारहरु समेत क्वारेन्टाइन मा बस्नुपर्ने भएकाले महामारी को प्रभाव न रोकिए सम्म पत्रपत्रिका प्रकाशनको काम बन्द गरि घरमै क्वारेन्टाइन मा रहन र घरबाटै सामाजिक संजाल तथा अनलाइन मार्फत समाचार सम्प्रेषण गर्न अनुरोध छ ।
प्राय जसो मानिसहरू ले माइक्रोफोनमा बोल्दाखेरि थुकका छिटाहरु माइक्रोफोन मा पर्ने सोहि माइक्रोफोन आफुतिर फर्काएर बोल्दा अन्तर्वार्ता लिने पत्रकार पनि जोखिममा पर्न सक्ने भएकाले भिडभाड नगरि सकेसम्म टेलिफोन बाटै सुचना लिइ समाचार सम्प्रेषण गर्न रेडियोकर्मी पत्रकारहरु लगायत सबै पत्रकार साथीहरु लाई अनुरोध छ ।

विष्णु अवस्थी
अध्यक्ष
नेपाल पत्रकार महासंघ कंचनपुर