‘नआत्तिनुस ! म कोरोना संक्रमित ७४औं बिरामी हुँ’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी घोषणा गरेको कोरोना (कोभिड १९) भाइरस आफूमा पनि संक्रमण हुनसक्ने आशंकामा मानिसहरु डराइरहेका छन्।

स्वास्थ्य र दैनिक आनीबानीमा सजगता अपनाउँदा संक्रमण नहुने र भइहाले उचित उपचारपछि ठीक हुने चिकित्सक र वैज्ञानिकहरुले जानकारी दिइरहेका छन्। मध्यपूर्वी मुलुक इजरायलमा कोरोना संक्रमित एक महिलाले पनि नआत्तिन विश्वभरका मानिसहरुलाई आग्रह गरेकी छिन्।

उनी इजरायलमा कोरोना संक्रमण भएकी ७४औं बिरामी हुन्। कोरोना संक्रमण फैलिएपछि उनी स्पेनबाट स्वदेश फर्केकी थिइन् । तर पछि स्वास्थ्य जाँच गर्दा उनमा पनि कोरोनाको जिवाणु भेटिएको थियो। कोरोना संक्रमण भए यताका आफ्ना अनुभवलाई एक भिडियो बनाई ती महिलाले इन्टरनेट सामाजिक सञ्जालमा प्रविष्ट गरेकी छिन्।

उनले भनेकी छिन्, ’म इजरायलमा रहेकामध्ये ७४औं नम्बरकी संक्रमित हुँ, शुरुमा संक्रमण हुँदा म निकै आत्तिएकी थिएँ र पीडा महशुस गरिरहेकी थिएँ, मेरो मस्तिष्कमा पीडाको चिच्याहट थियो, तर मैले निरन्तर आफ्नो अवस्थाबारे जानकारी दिइरहेँ।’

कोरोना संक्रमणको शुरुवाती अवस्थामा आफूलाई खोकी लागेको, तर आफूलाई खास के भएको भन्ने थाहा नै नभएको डानीले बताएकी छिन्। केही दिनपछि आफूमा ज्वरो देखिन थालेको र पछि परीक्षण गराउँदा कोरोना संक्रमण रहेको थाहा भएको उनले जानकारी दिएकी छिन्। अहिले आफूले उपचार गरिरहेको र नआत्तिएको पनि उनले उल्लेख गरेकी छिन्।

संक्रमण भएयता नै उनले आइसोलेसनबाट आफ्ना दैनिक गतिविधि सामाजिक सञ्जालमा राख्ने गरेकी छिन्। बीबीसीका अनुसार विश्वभरका मानिसहरुलाई कोरोनाबाट नआत्तिन र सगजता अपनाउन आग्रह गरिरहेकी उनले आइसोलेसनमा बसेयता केही दिनमै २३ हजार नयाँ फलोअर पनि पाएकी छिन्।

सामाजिक सञ्जालमा पछ्याइरहेका मानिसहरुले उनीसँग कोरोना संक्रमण भएपछिको अनुभव र स्वास्थ्य सल्लाह लिइरहेका छन्। इजरायलको स्वास्थ्य मन्त्रालयले पनि ७४औं नम्बरको बिरामीका रूपमा उनको विवरण सार्वजनिक गरिसकेको छ।

BBC

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...