यस्तो छन् नलजाई पाद्नुका ७ फाइदा

एजेन्सी । हाम्रो समाजमा ठुलो आवाज निकाले पाद्नुलाई नराम्रो मान्ने गरेको पाइन्छ । पाद्ने मान्छेलाई लज्जित भएका जस्ते हुन्छन्, नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्छ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ ।

अझ कहिलेकाहीँ उच्च आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास अर्थात पाद ब्यक्तित्वको समस्या बनिदिन्छ ।
पेटभित्र पाचन क्रियाको दौरान उत्पन्न हुने ग्यास दिनमा औषतमा ८/१० पटक मलद्धारबाट निस्किन्छ । पादमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ । शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ । तर पाद वा पाद्नु भन्ने शब्द सुन्ने बित्तिकै मानिसलाई लाज हुन्छ । यद्यपि पाद्नुका भने थुप्रै फाइदाहरु छन् ।

यस्ता छन् पाद्नुका फाइदा

१. पाद्नु ठूलो आन्द्राका लागि अत्यन्त फाइदाजनक हुन्छ । त्यसैले पाद रोक्नु हुदैन अन्यथा ठूलो आन्द्रामा समस्या हुनसक्छ ।

२. पाद्दा शरीरभित्र जम्मा भएका विषालु ग्यास बाहिर जान्छ र शरीरलाई आराम मिल्दछ ।

३. पादको गन्ध, प्रकार र आवाजले पनि पाचनक्रियामा कुनै रोग छ छैन थाहा पाउँन सकिन्छ । अर्थात धेरै पाद आउनु गम्भीर रोगको संकेत हो भने दैनिक ८र१० पटकसम्म पाद आउनु साधारण हो ।

४. पाद्दा आउने हाइड्रोजन सल्फाइडको गन्ध शरीरका लागि फाइदाकारी हुन्छ । यसले कोषको क्षय रोकेर हृदयरोग जस्ता जटिल रोगबाट पनि बचाउँछ ।

५. पाद्नुको अर्को फाइदा भनेको पेटभित्र स्वस्थ्य ब्याक्टेरिया रहेको प्रमाण हो ।

६. पाद्दा मानिसको पाचन प्रणाली सहि छ भनेर बुझ्न सकिन्छ । यसले खाना पचेको संकेत गर्छ ।

७. पाद्दा भारी भएको पेट एकाएक आराम भएर आउँछ । यसले शारीरिक तथा मानसिक बोझ पनि कम गर्दछ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...