संजीवनी नेपालद्वारा महेन्द्रनगरका वृद्धाश्रम र अनाथालयमा मास्क र साबुन वितरण

महेन्द्रनगर । संजीवनी नेपालले महेन्द्रनगरका वृद्धाश्रम र वाल अनाथालयमा मास्क र डिटोल साबुन वितरण गरेको छ । शनिवार संजीवनी नेपालले महिला तथा वृद्ध सेवा केन्द्र (वृद्धाश्रम) र समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा रहेका महिला वृद्धवृदा तथा अनाथ बालबालिकाहरुलाई उक्त मास्क र डिटोल साबुन प्रदान गरिएको हो ।

विश्वभर कोरोना भाइरसको माहामारी फैलिएको समयमा उक्त भाइरसबाट जोगिनलाई चाल्नु पर्ने पहिलो कदम अनुरुप असाहाय तथा अनाथहरुलाई आफुले केहि मात्रामा भए पनि सजक रहन आग्रह स्वरुप उक्त सामाग्री वितरण गरेको संजीवनी नेपालकी कार्यकारी अध्यक्ष नितु भट्टले बताइन् ।

महेन्द्रनगरको बनखेतमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रमा ६३ जना महिला तथा वृद्धवृद्धा रहेका छन्, भने समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा ३१ जना अनाथ बालबालिका रहेका छन् । संजीवनी नेपालले वर्षौ देखि विभिन्न सामाजिक तथा दीन दुःखीलाई सहायताका कार्य गर्दै आएको छ । पछिल्लो समय उक्त संस्थाले कोरोना (कोभिड–१९) सम्बन्धि जनचेतना मुलक कार्यक्रम तथा दीन दुःखी असाहायलाई सहयोग गर्दै आएको छ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...