मुख्यमन्त्री भट्टसहितको टोली गड्डाचौकी नाकामा क्वारेन्टाईनको अवलोकनमा

महेन्द्रनगर । पश्चिमी नाकाको रुपमा रहेको गड्डा चौकीको स्थगत तथा क्वारेन्टाइनको अवलोकनको लागि सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली कञ्चनपुरमा आएका छन् । विश्वभर फैलिएको कोरोनाको त्रास कारण जनमानसमा रहेको पाइन्छ । त्यसैबिचमा पश्चिम एक मात्र नाका खुल्लेको भएकाले यस नाकाबाट आउने व्यक्तिमा कोरोना भाइरसको अवस्था बारेमा जानकारी लिन आइपुगेका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले आज बिहान कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाईनको अवलोकन गरेका छन् । आज बिहान कञ्चनपुर पुगेका मुख्यमन्त्री भट्टले भारतबाट हजारौको संख्यामा भित्रिएका नेपालीहरु र त्यहाँ राखिएका हेल्पडेक्सको अवस्थाका बारेमा जानकारी लिए । यसैगरी महेन्द्रनगरमा कोरोना भाइरसको संक्रमितहरुको उपचारका लागि आईसिएच भवनमा निर्माण गरिएको सय शैयाको क्वारेन्टाईनको तयारी अवस्थाका बारेमा जानकारी लिए ।

शनिवार नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले कोरोना भाइरस संक्रमण भित्रिन नदिन सीमा नाका गर्नु पर्ने स्वास्थ्य प्रवद्र्धनमा प्रदेश पछाडि नहट्ने जनाएका हुन । ‘माहामारीको रुप लिएको कोरोनाको संक्रमण फैलिन नदिन प्रदेशले गर्नु पर्ने स्वास्थ्य प्रवद्र्धनमा सरकार लागि परेको छ, अहिले हामीसंग भएको कुरालाई प्रयोग गरेका छौँ ।’ मुख्यमन्त्री भट्टले भने, ‘अन्य अपुग सामाग्रीका लागि संघ सरकारसंग माग गरेका छौँ, यसमा प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन ।’

सीमामा तैनाथ स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुका लागि चेकजाँचमा आवश्यक उपकरण उपलब्ध गराइएको बताउँदै संक्रमण फैलिन नदिन चेकजाँचलाई व्यवस्थित बनाउने उनको बताए । ‘कञ्चनपुर र कैलालीका नाकाबाट अहिले धेरै भित्रिइ रहेका छन्, यसले गर्दा यहाँ तैनाथ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमणको जोखिम छ, यसलाई व्यवस्थित गर्दैछौँ ।’ उनले भने ।

सीमा नाकामा अपुग उपकरणहरु खरिदको प्रक्रियामा रहेकाले प्रदेश सरकारबाट उपलब्ध हुने उपकरण एकरदुई दिनमा नै आइपुग्ने प्रतिवद्धता मुख्यमन्त्री भट्टले जनाए । संघ सरकारसंग समन्वय गरेर अपुग सामाग्री थपिने उनको भनाइ छ । कोरोना संक्रमण देखा परेमा तिनलाई व्यवस्थित गर्नका लागि केही ठाउँमा क्वारेन्टाइन र आइसोलेसन वार्ड स्थापना गरिएको मुख्यमन्त्री भट्टले जानकारी दिए ।

मुख्यमन्त्री भट्टसंगै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले गड्डाचौकी नाका र क्वारेन्टाईनको तयारीको अवस्थाका बारेमा जानकारी लिए ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...