देशभरका सबै सरकारी तथा निजी कार्यालयहरु बन्द हुने

काठमाडौं । त्रसित भनेको कोभिड–१९ को कारणले गर्दा सरकारी तथा निजि कार्यालयहरु बन्द गर्ने निणर्य लिएको छ ।
कोरोना संक्रमणको तनाव बढिरहेका बेला रोगथामका लागि सरकारले सरकारी तथा निजि कार्यालयहरू बन्द गर्ने भएको हो ।

अदालत, विद्यालय, महाविद्यालयहरू बन्द गर्ने निर्देशन दिइसकेको छ भने अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्न सरकारले तयारी गरिएको बताइएको छ । आजै प्रधानमन्त्रीले साँझ ६ बजे सम्बोधन गर्ने र यसको घोषणा गर्ने तयारी गरिरहेको स्रोतले बतायो ।

 आज साँझ कोरोना रोकथाम, नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठक पनि बस्दैछ । समितिले नै थप घोषणाको तयारी गरेको बताइएको छ । यसैगरी सरकारले उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू कम्तीमा दुईसाता बन्द गर्ने तयारी गरेको छ ।

आपूर्ति नरोक्ने तर मानिसहरूको आवतजावत बन्द गर्ने सरकारले तयारी गरेको हो । यसका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिनदेखि सम्बन्धित पक्षसँग संवाद गरिरहेका थिए ।