दुई साताको लागि देशभरका अदालत बन्द

?????????????????????????????????????????????????????????

काठमाडौँ । देशभरका अदालतहरु बन्द हुने भएका छन् । सर्वाेच्च अदालतको ‘फुल कोट’ निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु बन्द हुने भएकका हुन् ।

सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको ‘फुल कोट’ बैठकले अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको हो ।

अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको हो । सर्वोच्च अदालत स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिनेछ ।