सेवा सुविधा वाफतको रकम सामाजिक कार्यमा लगाउदै वडा अध्यक्ष ऐर

गौरव बिष्ट
गौरव बिष्ट
बिष्ट कञ्चनपुरको झलारीबाट पत्रकारिता गर्नु हुन्छ । उनी निगरानी खबरका संवाददाता हुन् ।

झलारी । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लाल बहादुर ऐरले विभिन्न सामाजिक कार्यमा सकियता बढाएका छन् ।

आफुले पाउने सेवा सुविधा भत्ता वाफतको रकम समय–समयमा सामाजिक कार्यमा खर्च गर्ने गरेका हुन् । वडा अध्यक्ष ऐरले गर्ने विभिन्न सामाजिक कार्यको अहिले जतात्यतै चर्चा हुने गरेको स्थानियले वताएका छन् ।

विहीबार पनि उनले शुक्लाफाँटा नगरपालिकाको पञ्चवर्षिय आवधिक योजना तर्जुमा गोष्ठीमा सहभागी भए बाफतको प्राप्त भत्ताको रकम ३ हजार ८ सय २५ लाई वडाकै २०० मिटर सडक पानी पिचमा खर्च गरेको वडाबासीले जानकारी दिए ।

वडा अध्यक्ष ऐरले भत्ताको रकम खर्चेर सडक सुधार गर्न थालेको सुचना प्राप्त गरेपछि आफुले पनि सामाजिक सेवाको भावनाले आफु संग भएका उपकरण ढुवानी साधन मेसिन औजार निःशुल्क रुपमा सहयोग गरिएको आर.सि.टी इञ्जिनियरिङ्ग झलारीका सञ्चालक चुडामणी जोशीले बताए ।

निःशुल्क रुपमा जनश्रमदान, उपकरण उपलब्ध गराउने स्थानियलाई कार्य सम्पन्न भए पश्चात वडा अध्यक्षले व्यक्तीगत रुपमा खानाको प्रवन्ध मिलाइएको जोशीले बताए । स–सानो सबैको सहयोग सह–कार्यले एउटा सुन्दर सडक निर्माण भएको छ ।

अरुले गरिदेला भन्ने कुरा त्यागौ स्वयम आफ्नो क्षेत्रको विकासमा निःस्वार्थ भावनाले जुटन सके विकास चाडो गर्न सकिने उदाहरण प्रस्तुत भएको वडा अध्यक्ष ऐरले जनाए ।

सडकको स्तरोन्नती सहयोगीको भुमिका निभाउने महाकाली ईटा भट्टा, आर सी.टी इञ्जिनियरिङ्ग स्थानीय सबै धन्यवादका पात्र रहेका वडा अध्यक्ष ऐरले बताए ।

गत बर्ष शुक्लापÞmाँटा नगरपालिका वडा नम्बर १० झलारी मुक्त शिविर बस्दै आएका गरिब,अशक्त,दम्पतिलाई दशैँ खर्च वाफत वडा अध्यक्ष ऐरले नगद २/२ हजार घरमै गइ प्रदान गरेका थिए ।

शिविरमा बस्दै आएका ८० बर्षिय जनकलाल डगौरा र उनकी श्रीमती ७७ बर्षिय बिस्मति डगौरा अशक्त भई घरमै बसी रहेको थाहा पाए पछि वडा अध्यक्ष ऐरले आर्थिक सहयोग प्रदान गरेको स्थानीयले जानकारी दिएका छन् ।

कोमल मन भएका सामाजिक भावनामा सदैब अग्रसर रहने वडा अध्यक्ष सदैब वडा बासीको समस्यामा चासो राख्ने गरेको स्थानीय घनश्याम भट्टले बताए,उनले गत बर्षको मंसिर महिनामा वडा भित्र रहेका गरिब,असाहय,अशक्त व्यक्तिहरु लाई न्यानो कम्बल बितरण गरिएको थियो ।

वडा अध्यक्ष ऐरले आफ्नो चार महिना भित्रको पाउने बिभिन्न सेवा सुबिधा बाफतको रकम बाट वडा भित्रका ६० जना नागरिक लाई न्यानो कम्बल बितरण गरिएको भट्टले बताए ।

शुक्लापÞmाँटा नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षको जिम्मेवारी संगै सफल ब्यावसायीक रुपमा आफ्नो बेग्लौ पहिचान बनाउन सफल भएका छन्,उनले उन्नत जातका बंगुर पालन,माछा पालन संगै खाद्य उद्योग लाई समेत संचालनमा ल्याएका छन् ।

आधुनिक खोर निर्माणमा ७ लाख खर्च वडाले गरि बंगुर पालन गरिरहेका उनले ५ कट्टामा संचालित माछा पोखरी बाट बर्षमा ४ लाख आम्दानि गर्ने गरेको बताउछन वडा अध्यक्ष लाल बहादुर ऐर ।

उनले भने आफ्नै स्वामित्वमा खाद्य उद्योग समेत संचालमा ल्याएको छु,वडा कार्यालयको सबैभन्दा बाकि बिहान साझको समयमा व्यावसायिक काममा समय दिने गरेको बताए ।

राजनीति,सामाज सेवा हो,पेशा हैन समाज सेवा गर्न आर्थिक अवस्था मजबुद बनाउनु पर्ने हुन्छ । भष्टाचार समृद्ध समाज निर्माणका लागि सबैले आय आर्जनको कार्यमा संलग्न हुन् अति नै अनिवार्य रहेको वडा अध्यक्ष ऐरले बताए ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...