कञ्चनपुर बाट १० हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुने

ऐश्वर्या कुवर /महेन्द्रनगर । माध्यमीक शिक्षा परीक्षा(एसईई) को समपुर्ण तयारी पुरा भैसकेको छ ।चैत ६ गते अर्थात विहीबार बाट देशभर सुरु हुन गईरहेको (एसईई)परीक्षामा कुल ४ लाख ८२हजार ७ सय ७ जना विद्यार्थीहरु परीक्षमा सहभागी हुने भएका छन् ।

कञ्चनपुरमा (एसईई)परीक्षाको सम्पुर्ण तयारी पुरा भईसकेको कञ्चनपुर शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख रुप राम तिरुवाले बताए ।

माध्यमीक शिक्षा परीक्षा(एसईई)मा यो बर्ष कञ्चनपुर बाट १० हजार १सय ४४ विद्यार्थाी परीक्षामा सहभागी हुने भएका छन् ।

त्यसमध्ये ९ हजार ७ सय ३४ नियमीत तर्फ र ४ सय १० जना विद्यार्थी ग्रेड वृद्धि तर्फका परीक्षामा सहभागी हुने तिरुवाले बताए । कञ्चनपुर शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख तिरुवाका अनुसार कञ्चनपुर जिल्लाभरी ३३ बटा परीक्षा केन्द्र तोकिएका छन् ।

कञ्चनपुर जिल्लाका ग्रेड वृद्धि तर्फका परीक्षार्थीको परीक्षा केन्द्र श्री निगलाशैनि मा.वि गोबरैया तोकीएको उनले बताए । कञ्चनपुरमा प्राविधिक धार तर्फका ४ विद्यालय रहेका छन् ।

ति प्राविधिक धारतर्फका चार विद्यालयको परीक्षा केन्द्र जानकी कन्या मा.वि मा महेन्द्रनगर तोकिएको जनाइएको छ । प्रमुख तिरुवाका अनुसार कञ्चनपुरमा सामुदायिक तर्फ १ सय ९ वटा र निजी तर्फ ७९ वटा विद्यालय एसईई परीक्षामा सहभागिता जनाउने भएका हुन ।

परीक्षाका लागी प्रश्नपत्र र अन्य आवश्यक सामाग्री परीक्षा केन्द्रमा पु¥याइएको उनले बताए । परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालय एवं स्थानीय तहको समन्वयमा सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ ।

परीक्षा केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने व्यवस्था मिलाउन सात सय ५३ वटै स्थानीय तहलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । त्यसै अनुरुप कञ्चनपुरका ३३ ओटै परिक्षा केन्द्रहरुमा पनि हेल्थ डेस्क राखिएको जनाइएको छ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...