बैंकमा आउने जानेलाई मास्क वितरण

कैलाली । संसारभर फैलिएको कोरोना भाइरसको संकमणले गर्दा मानवलाई त्रसित बनाएको छ । कैलालीमा रहेको राष्ट्रिय बाणिज्य बैंकले मास्क विवरण गर्न लागेको छ । गोदावरी नगरापलिका वडा नं.२ अत्तरियामा रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिटेड अत्तरिया शाखाले सेवाग्राहीलाई सेवा संगै मास्क वितरणे गराउन थालेपछि गणेश राम लुहारले पनि बुधबार बैंकबाट पैसा संगै पाएको मास्क प्रयोग गरेका थिए ।

उनले मास्क पाएपछि बैकलाई धन्यावाद दिदै खुसी व्यक्त गरे । ‘बैंकको यस कामले धेरैलाई मास्क प्रयोग गर्न उत्प्रेरीत गरेको छ ।’ लुहारले भने –‘यसबाट मास्क किन्न नसक्ने र किन्न नचाहनेलाई मास्क लगाउँनै पर्ने रहेछ भन्ने कुरामा सचेत गरेको छ ।’

गोदावरी नगरपालिका वडा नं.२ उत्तरबनखेतका पदम बहादुर केसीले बैंकले कोरोना भाईरसबाट बच्न प्रयोग गरिने मास्कको अभाव भएको समयमा निःशुल्क मास्क पाउँदा निकै खुसि लागेको बताए । उनले पनि यस कार्यबाट सबैलाई मास्क लगाउनै पर्ने रहेछ भन्ने बारेमा सचेत गराएको बताए ।

सेवाग्राहीलाई कोरोना भाईरसको बारेमा सचेत गराउदैं मास्क वितरण भईरहेको बैंकका शाखा प्रमुख जित जंग सिंहले बताए । उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत मास्क वितरण गरिरहेको बताए । उनले कार्यक्रम अन्तरगत १ हजार मास्क वितरण गरिने बताए ।

‘कोरोना भाईरसबाट आफू पनि बचौं र अरुलाई पनि बच्न सहयोग गरौं भन्ने अभियान अन्तरगत निःशुल्क सेवाग्राहीलाई मास्क वितरण संगै सचेतनाका लागि व्यानर पम्पलेट लगाएका हौ ।’ शाखा प्रमुख सिंहले भने ‘यसले सेवाग्राहि संगै बैकका कर्मचारीलाई पनि कोरोना भाईरसको जोखिमबाट बचाउँन्छ ।’

मुल गेटमै हेल्थ डेस्क स्थापना गरिने

यसैबिच बैंकको मुलगेटमा कोरोना रोगको पहिचानका लागि हेल्थ डेस्क स्थापना गर्ने भएको छ । बैंकका शाखा प्रमुख सिंहले २र३ दिन भित्रमै बैंकको मुल गेटमै कोरोना रोगको पहिचान गर्न हेल्थ डेस्क स्थापना गरिने बताए । ‘कोरोनाको पहिचान गर्ने उपरकरण सहित एक जना कर्मचारी परिचालन गर्ने छौ ।’

उनले भने ‘त्यसका लागि आवश्यक उपकरणको माग गरेका छौ, २/३ दिनमा सामान आईपुग्छ ।’ विश्वभरी फौलिएको कोरोनाको जोखिम भिडभाडका ठाउँमा बढी हुने भएकाले बैंकले पनि सतकर्ता अपनाएको जनाएको छ ।

बैंक शाखाका प्रमुख सिंहले बैंकमा दैनिक ६ सय देखि ७ सयको संख्यामा सेवाग्राही आउने भएकाले दिनभरी जसो भिडभाड हुने बताए । उनले सेवाग्राहीलाई सचेत गराउनको लागि बैंकका भित्ताहरुमा कोरोना संम्बन्धि सचेतनाका पोस्टर समेत लगाएको बताए ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...