दोधारा चाँदनीको एक किसानको उखुवारीमा चितुवाको बच्चा

पप्पु गुरुङ्ग
पप्पु गुरुङ्ग
गुरुङ्ग १० वर्ष देखि पत्रकारितामा सक्रिय छन् । कञ्चनपुरको महाकाली नगरपालिका ९दोधारा–चाँदनीबाट उनले निगरानी खबरकालागि रिर्पोटिङ गर्नुहुन्छ ।

दोधारा । माहाकाली नगरपालिकाको एक किसानको उखुवारीमा चितुवाको बच्चा फेला परेको छ् । माहाकाली नगरपालिका वडा नं. ५, हेल्थपोष्ट निवासी सन्तोष सुनारको उखुवारीमा आज उखु काट्दै गर्दा ३ वटा चितुवाको बच्चा फेला परेको सन्तोष सुनारले बताएका छन् ।

चितुवाको बच्चा भर्खरै जन्मिएको र आँखा राम्रो समेत नखुलेको अवस्थामा उखुवारीमा भेटिएको सन्तोष सुनारले बताए । उखुवारीमा चितुवाको बच्चा फेला परेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली उखुवारीमा पुगेका थिए ।

चितुवाको बच्चा भेटिएको खबर पाएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउको प्राबिधीक टोली पुग्दा सम्म चितुवाले बच्चालाई उखुवारीमा लुकाई सकेको बताईएको छ् । बच्चा सहित चितुवा उखुवारीमा देखा परेपछि स्थानियहरुमा त्रास छाएको छ् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया रेञ्ज पोष्टबाट खटिआएको हात्ती सहितको टोलीले उखुवारीमा चितुवाको खोजी कार्य अघि बढाएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया रेञ्ज पोष्टका सिनियर गेमस्र्कट सक्क बहादुर रोकायाले उखुवारीमा देखिएको बच्चा चितुवाको नभई जंगली बिरालोको प्रजातीको हुनसक्ने बताएका छन् ।

केही दिन अघि चितुवाले किसान सन्तोष सुनारको ४ वटा खसी बाख्रा माथी आक्रमण गरेको थियो ।

केही वर्ष देखी माहाकाली नगरपालिका क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलबाट बस्ती भित्रिदै आएको चितुवा तथा वन्यजन्तुले दर्जनौ किसानहरुको अन्नवाली र चौपाया माथी आक्रमण गर्दै आएको स्थानिय किसानहरुले बताउदै आएपनि सरोकारवालाले यस बारे खासै चाँसो नदेखाएको स्थानियहरुको गुनासो बन्दै आएको छ् ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...