बैतडीका किसान चिन्तित, गहुँबालीमा सिन्दुरे रोगको प्रकोप

बैतडी । बैतडीका किसान चिन्तित भएका छन् । गहुँ बालीमा सिन्दुरे रोगको प्रकोप देखा परेपछि जिल्लाभरका किसानहरु निरास भएका हुन् । दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको गहुँमा सिन्दुरे रोग देखा परेको हो।

दोगडाकेदार वडा नं.२ को घमालीमाकरिब ६ हेक्टर क्षेत्रफलमा लगाइएको गहुँमा सिन्दुरे रोगको प्रकोप देखा परेको कृषि प्राविधिक कविराज भट्टले जानकारी दिए। गहुँ उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा रोगले गहुँबालीमा क्षति पुगेको उनले बताए।

पाटनको पनि ६ हेक्टर बढी क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिन्दुरे रोगको प्रकोप देखा परेको छ । बैतडीमा २० हजार ९०० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको छ। जसमध्ये १० हजार ५०० हेक्टर क्षेत्रफलमा मात्रै सिंचाइ सुविधा रहेको छ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...