दोधारा चाँदनीमा प्रहरीद्धारा अबैध कुखराका चल्ला नष्ट

दोधारा । माहाकालीमा भारतबाट अबैधरुपमा नेपाल भित्र्याउदै गरेको कुखुराका चल्ला प्रहरीले नष्ट गरेको छ् । आज अपरान्ह माहाकाली नगरपालिकाको बाबाथान प्रहरी चौकीको गस्ती टोलीले माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर, नेपाल–भारत सिमा क्षेत्र नजिक अबैधरुपमा नेपाल भित्र्याउदै गरेको बेवारिसे अवस्थामा ४ सय वटा कुखुराका चल्ला बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जनाएका छन् ।

‘अबैधरुपमा भारतबाट नेपाल भित्र्याउदै गरेको बेवारिसे अवस्थामा हामीले माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर नेपाल–भारत सिमा क्षेत्र नजिक बाट बरामद गरेका हौ’ ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरिक्षक लाल बहादुर बमले भने ।

बाबाथान प्रहरी चौकीका ईन्चार्ज दान सिंह धामीको कमाण्डमा गएको गस्ती टोलीलाई देखेर तस्कर कुखुराका चल्ला छाडेर भागेका बताईएको छ् । आजै बरामद चल्लालाई ईलाका प्हरी कार्यालय दोधारा चा“दनीमा स्थानिय तथा सरोकारवालाको रोहवरमा नष्ट गरिएको छ् ।

फैलिदो कोरोना भाइरस संक्रमणको कारण माहाकाली नगरपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले माहाकालीको सिमा क्षेत्रमा आउने जाने ब्यक्तीहरुमा निगरानी बढाएको छ् ।